जसपा विधान अधिवेशनको तयारीमा जुट्यो
नेपालबहस संवाददाता
बैशाख २०, २०८० बुधबार १७:४२:१७
२० वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल 'जसपा' विधान अधिवेशनको तयारीमा जुटेको छ । आउँदो जेठ १ गतेदेखि हुने विधान अधिवेशनको तयारी लगभग पूरा भएको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार विधानको मस्यौदा तयार भइसकेको र यसका लागि मागिएको सुझाव लगभग सातै प्रदेशबाट प्राप्त भइसकेकाले अब केही दिनमा बैठक बसेर त्यसलाई अन्तिम रुप दिइने छ ।
विधान अधिवेशनमा क–कसलाई प्रतिनिधि बनाउने भन्ने मापदण्ड पनि तयार भइसकेको सो पार्टीले जनाएको छ । प्रतिनिधि चयन गर्नेसम्बन्धी मापदण्ड तयार गर्ने जिम्मेवारी कार्यकारिणी सदस्य रकम चेम्जोङ, विजय यादव र मनिष सुमनलाई दिइएको र उनीहरुले मापदण्ड तयार गरी पार्टीलाई बुझाइसकेको समेत प्रचार विभाग प्रमुख बस्नेतले बताए । यसअघि गएको चैत २६ गतेदेखि २८ गतेसम्म विधान अधिवेशन गर्ने तय भएको भए पनि उपनिर्वाचनका कारण अधिवेशन आउँदो जेठ १ देखि ३ गतेसम्म काठमाडौंमा हुने गरी सारिएको थियो ।
विधान अधिवेशनमा पेस गरिने विधानको मस्यौदा पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा गठित कार्यदलले तयार गरेको हो । विधान संशोधन मस्यौदामा केन्द्रीय समितिको सदस्य सङ्ख्या घटाउन प्रस्ताव गरिएको छ । विधानको मस्यौदामा एक सय ५१ सदस्यीय कार्यसमितिको प्रस्ताव गरिएको छ, भने मस्यौदामा केन्द्रीय समितिमा ४० प्रतिशत युवा हुनुपर्ने तथा ७० वर्ष पूरा भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिको पदाधिकारी वा सदस्यमा निर्वाचित हुन वा बस्न नपाउने व्यवस्था गरिएको छ ।
केन्द्रीय समितिको निर्वाचनमा कम्तीमा एक तिहाइ महिलासहित नेपालको विविधता प्रतिविम्बित हुने गरी पार्टी सदस्य सङ्ख्याको अनुपातमा मधेशी, आदिवासी जनजाति, थारु, दलित, महिला, खस आर्य, मुस्लिम र अल्पसङख्य गरिएको सङ्ख्यक समुदाय जातीय, सामाजिक समूहबाट ७० प्रतिशत र खुल्ला प्रतिस्पर्धाबाट ३० प्रतिशत केन्द्रीय सदस्य निर्वाचित हुने भनि मस्यौदामा उल्लेख गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
पर्यटकीय क्षेत्र सोलुखुम्बुको विकासमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली
पुष २०, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार