देशको कार्यकारी प्रधानमन्त्रीकै कार्यालय छैन व्यवस्थित
नेपालबहस संवाददाता
बैशाख २०, २०८० बुधबार १७:४३:३९
२० बैशाख, काठमाडौं । सरकारी कार्यालयका कामकाजमा ढिला सुस्ती भइरहेको गुनासो पुरानो हैन् । प्रधानमन्त्रीमा नियुक्त भएयता पुष्पकमल दाहाल प्रचण्डले पटक पटक सचिवहरूलाई बोलाएर सरकारी सेवालाई छिटो छरितो बनाउन निर्देशन पनि दिएका छन् । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै अवस्था भद्रगोल भएको उनलाई पत्तो छैन् । प्रधानमन्त्री कार्यालयमा रहेका विभिन्न विभागहरुको काम अस्तव्यस्त छ भने जगेडाका सचिवहरु छरपस्ट र काम बिहिन छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गत सचिवहरुले नै नेतृत्व गर्ने राष्ट्रिय सुरक्षा, सामाजिक विकास तथा प्रादेशिक समन्वय, संवैधानिक निकाय तथा प्रशासन, नजिता व्यवस्थापन तथा सुशासन, आर्थिक तथा पूर्वाधार विभाग र कानुन तथा मानव अधिकारसहित पाँच विषयगत क्षेत्र छन् । यी क्षेत्रगत विभागहरुले के काम गर्छन भन्ने प्रधानमन्त्रीलाई जानकारीसमेत छैन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सहसचिवले नेतृत्व गरेको ११ वटा महाशाखा र उपसचिवले नेतृत्व गरेका २७ वटा शाखा छन् । प्रधानमन्त्री कार्यालयमा अहिले मुख्य सचिवसहित सचिवको दरबन्दी सात रहेको छ । प्रधानमन्त्रीको रोहबार मुख्यसचिवले यी विभागका सचिवहरूलाई निर्देश गर्नुपर्छ । यति धैरै विषयगत विभाग, महाशाखा र शाखाको काम प्रमुख प्रशासकीय निकाय भएकाले धेरै छन् । तर, महिनौदेखि जगेडामा परेका सचिवहरु काम नपाएर हाजिर गर्दै घर गइरहेका छन् ।
प्रधानमन्त्री कार्यालय अन्तर्गतमै राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, लगानी बोर्ड, राष्ट्रिय अनुसन्धान विभाग, राष्ट्रिय सतर्कता केन्द्रलगायतका क्षेत्रगत निकाय छन् । यद्यपी देखिने उपलब्धि केही भएका छैनन् । प्रधानमन्त्री कार्यालयमा स्थापना भएका महाशाखा र शाखालाई जे–जे काम तोकिएको छ, त्यसलाई फलो गर्ने काम प्रधानमन्त्रीबाट भएको छैन् । यी निकायमा काम भने नभएको होइन । प्रधानमन्त्री मात्रै दैनिक कार्यालय आउने र बढी समय बस्ने हो भने प्रधानमन्त्री कार्यालय धेरै एक्टिभ हुने पूर्वप्रशासकहरुले बताउँछन् ।
महालेखाले पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विशिष्ट श्रेणी (सचिव) को दरबन्दी ५ जनाबाट बढाएर ९ जना पुर्याएको भन्दै प्रश्न उठाएको थियो । २०७८ पुसमा प्रधानमन्त्री कार्यालयमा दरबन्दीभन्दा दोब्बर सचिव थुपारिएको थियो । सचिव धेरै भएर पनि काम कम भएको महालेखाको भनाइ हो । प्रधानमन्त्री कार्यालयमा सचिवको दरबन्दी धेरै भएको सार्वजनिक रूपमा आलोचना भएपछि घटाउनुपर्ने प्रतिवेदन तयार गरे पनि कार्यान्वयन भएको छैन ।
प्रधानमन्त्रीको सल्लाहकारका रूपमा मुख्य सचिवले काम गर्ने र प्रधानमन्त्री कार्यालयको भूमिका धेरैजसो समन्वयकारी हुने भएकाले सचिवको संख्या कटौती गर्नुपर्ने राय दिइएको थियो । मुलुकभर ४९ जनामात्र सचिवको दरबन्दी कायम गर्नुपर्ने सिफारिस उक्त कार्यदलले गरेको थियो । हाल सबै समूहका ७० जना सचिव तथा ७ सय ६५ जना सहसचिवको दरबन्दी छ । यता, प्रधानमन्त्री कार्यालयमा धरै सचिवहरु थन्क्याएका छन् ।
सरोकारवालाहरू सिनियर सचिवलाई प्रधानमन्त्री कार्यालयमा राखेर मन्त्रालयपिच्छे समन्वय र निर्देशन दिन सक्ने वातावरण बनाउनुपर्ने काम प्रभावकारी नभएकाले सचिवहरु बेकामे बनेका हुन् । अहिले पनि मन्त्रालयका महाशाखा हाँक्ने सहसचिवहरूलाई जिम्मेवारीविहीन पार्दा सेवाप्रवाहमा असर मात्रै होइन, कर्मचारीको मनोबल पनि गिरेको छ, कतिपय सहसचिवलाई मन्त्रालयमा बस्ने कुर्सी–टेबुलसम्म छैन । विभिन्न मन्त्रालयका महाशाखा हाँक्ने ३१ सहसचिवलाई सरकारले जिम्मेवारीविहीन बनाएको छ ।
काम नपाउँदा उनीहरू हाजिर गरेर घर फर्किने गरेका छन् । जसले सेवाप्रवाहमा त असर परेको छ नै, कर्मचारीतन्त्रकै मनोबल पनि गिरेको छ । निजामती सेवा ऐनको दफा १८ (ख) मा लामो बिदामा रहेको, निलम्बन भएको र अन्यत्र काजमा खटिएको कारण पदाधिकार रहेको पदमा कायम राख्नुपर्ने भएमा बाहेकको अवस्थाबाहेक कुनै पनि निजामती कर्मचारीलाई पदीय जिम्मेवारी नदिई दुई महिनाभन्दा बढी अवधिसम्म राख्न नपाइने व्यवस्था छ ।
यसविपरीत कुनै पनि निजामती कर्मचारीलाई पदीय जिम्मेवारी नदिई राखेमा जिम्मेवारी दिई काममा लगाउनुपर्ने दायित्व भएको पदाधिकारीलाई विभागीय कारबाही हुने व्यवस्था छ । तर, कानुनकै धज्जी उडाएर दुई दर्जनभन्दा बढी सहसचिवलाई नै जिम्मेवारीविहीन बनाइएको छ । विधिको शासन सञ्चालन गर्ने जिम्मेवारी लिएका प्रधानमन्त्री आफै जिम्मेवार नहुँदा यस्तो अवस्था आएको जगेडाका सचिवहरु बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार
डोल्पाको चुँ गाउँ
पुष ३, २०८१ बुधबार