भीआईपीको धन कमाउने अतृप्त इच्छाले प्रहरी खोरमा बास !
नेपालबहस संवाददाता
बैशाख २०, २०८० बुधबार १७:५१:३९
२० बैशाख, काठमाडौं । यति भए अब पुग्छ भन्ने सम्पत्तिको सीमा छैन् । कतिलाई अधिक हुँदा पनि पुगेको छैन भने हुँदै नहुनेलाई त झन पुग्ने कुरै भएन । पुगेकाहरुलाई झन बढी लोभ हुन्छ । यही लोभले गर्दा धन आर्जनका लागि गलत बाटो अपनाउने श्रृखलाहरु बढिरहेका छन् । गैरकानुनी ढंगबाट धन आर्जन गर्न खोज्दा यति केही भीआईपीहरु प्रहरी खोरमा पुगेका छन् । प्रशंक हो नक्कली शरणार्थी बनाउने प्रकरण ।
भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौं रकम ठगी गरेको अभियोगमा पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र उपराराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे प्रहरी हिरासतमा पुगेका छन् । पूर्वमन्त्री तथा सांसदसमेत रहेका नेकपा एमालेका सचिवकाटोपबहादुर राइमाझीका बाबुछारोमाथि यसै प्रकरणमा पक्राउ पुर्जी जारी भएको छ । पुर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापालाई पनि प्रहरीले पक्राउन पुर्जी जारी गरेको छ ।
उनीहरु केहीलाई समातेर अरुलाई पक्राउ पुर्जी जारी गरेपछि ८७५ नेपाली नागरिकसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहको मुद्दा कमजोर बनाउने प्रपञ्च राजनीतिक तहबाट सुरु भएको छ । यसअघि गिरोहलाई संरक्षण गर्ने तथा गृह मन्त्रालयका गोप्य नीति–निर्णय उपलब्ध गराउने प्रशासनिक तथा राजनीतिक नेतृत्वलाई जोगाउन प्रहरीले फाइल नै कमजोर बनाउन खोजेको भन्दै विरोध भएपछि ती भीआईपीहरुलाई अहिले समातिएको हो । समाउन बाँकी रहेकालाई प्रहरी खोरसम्म नपुर्याएन प्रधानमन्त्रीदेखि गृहमन्त्री र एमाले नेतृत्व सक्रिय रहेको समाचार आउन थालेका छन् ।
गिरोहका चार सदस्य केशव दुलाल, सागर थुलुङ राई, टेक गुरुङ र सानु भण्डारीलाई यसअघि नै पक्राउ गरी काठमाडौं प्रहरी परिसरबाट अनुसन्धान भइरहेको छ । उनीहरुले पनि राजनीतिक अगुवाको नाम खुलासा गरेपछि प्रहरी उनीहरुलाई पक्रन अग्रसर भएको हो । तर, उनीहरूलाई जोगाउने गरी फाइल बनाउन दबाब आएकाले प्रहरी स्रोतको भनाइ छ । यसमा संलग्नलाई संगठित अपराध, मानव बेचबिखन, किर्ते र ठगी तथा पदको दुरुपयोग कसुरमा मुद्दा चलाउने तयार प्रहरीको छ ।
उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे उपराष्ट्रपति कार्यालयमा आउनुअघि गृह मन्त्रालयको सचिव थिए । मन्त्रालयको सचिव भएकै अवस्थामा नक्कली शरणार्थी प्रकरण र गिरोहसँगको साँठगाठमा उनी मुछिएका थिए । गृह मन्त्रालयको सचिवका रुपमा रहँदा पाण्डेले निवर्तमान प्रहरी प्रमुख धिरजप्रताप सिंहलाई महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएका थिए । ठगी प्रकरणमा सहभागि भएका कारण आज आफै खोर पुगे । उनै पूर्वगृहसचिव प्रहरीको नियन्त्रणमा छन् ।
शरणार्थी दर्ता प्रक्रियामा छुटेकाहरुबारे अध्ययन र थप प्रमाण जुटाउन भन्दै २९ असार २०७६ मा केपी शर्मा ओली नेतृत्वको सरकारले गृह मन्त्रालयका तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदल गठन भएबाटै अनुसूची फारममा नाम थप गरेर शरणार्थी बनाउन एउटा गिरोह लागिपरेको थियो । त्यही काममा तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई पनि संलग्न देखिए । राईलाई प्रहरीले मंगलबार ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो । हाल उनी जिल्ला प्रहरी परिसर, टेकुको हिरासतमा छन् ।
उनले राजनीतिक नेतृत्वलाई पनि मिलाउने भन्दै ५ करोड ६० लाख रुपैयाँ लिएको तथ्य फेला परेको प्रहरीले जनाएको छ । बादल १४ फागुन २०७४ देखि २८ असार २०७८ सम्म गृहमन्त्री थिए । त्यसपछि गृहमन्त्री बनेका बालकृष्ण खाँणको पालामा पनि यो गिरोहले नक्कली शरणार्थी बनाउने प्रयास जारी राखेको पाइएको अनुसन्धानमा संलग्न एक अधिकृत बताउँछन् । उनका अनुसार कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री हुँदा उनको सचिवालयमा काम गरेका केशव दुलालले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसँग ‘सेटिङ’ मिलाएका थिए ।
बालकृष्ण खाँण गृहमन्त्री बन्नुअघि पाण्डे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत थिए । तर, खाँणको जोडबलमा उनलाई गृहमा ल्याइएको थियो । पक्राउ परेकाहरुले बयानका क्रममा गृह प्रशासन र राजनीतिक नेतृत्वलाई पनि मिलाउनुपर्ने भन्दै रकम लिएको खुलाएका छन । तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएको हो ।
पाण्डेलाई जिल्ला अदालत, काठमाडौंले ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । उनलाई प्रहरीले जिल्ला अदालत, काठमाडौं उपस्थित गराएको थियो । अदालतले ठगी र संगठित अपराध सम्बन्धी कसूरमा अनुसन्धानका लागि ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो । पक्राउ पुर्जी जारी गरिएका टोपबहादुर रायमाझी अर्घाखाँचीमा छन् । बुधबार अर्घाखाँचीको महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन समारोहमा विशेष अतिथि बनेर उनी सहभागी थिए । राई र थापाका छोरा फरार छन् । रायमाझी आफ्नो नाम अनावश्यक मुछिएका बतादैछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
एकैदिन ३३ फरार प्रतिवादी पक्राउ, लाखौं मुख्य बराबरको अवैध भारतीय सामान बरामद
पुष १७, २०८१ बुधबार
धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ
पुष १७, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
पाँच महिनामा सात करोड बढी राजस्व संकलन
पुष १९, २०८१ शुक्रबार
धुलिखेल क्षेत्रका क्षतिग्रस्त खानेपानी आयोजना पुनःनिर्माणका लागि एक लाख युरो सहयोग
पुष १९, २०८१ शुक्रबार
पूर्वीनाकाबाट पर्यटकको आगमन बढ्यो
पुष १९, २०८१ शुक्रबार
दाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार
एलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
नेपाल सरकारको साझेदारीमा सुरु आयोजनाका लागि पौने ७ अर्ब थप्ने एमसीसी बोर्डको निर्णय
पुष १९, २०८१ शुक्रबार