व्यवसायी गङ्गा हत्यामा संलग्न तीन जना अभियुक्त सार्वजनिक
नेपालबहस संवाददाता
बैशाख २०, २०८० बुधबार १८:२४:२
२० वैशाख, बलेवा । जिल्लाको बडिगाड गाउँपालिका–३ की होटल व्यवसायी गङ्गा शेरचनको हत्यामा संलग्न तीन जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । शेरचनको हत्यामा संलग्न बागलुङको बडिगाड गाउँपालिका–७ असारे माझखर्क घर भई गलकोट नगरपालिका–१ दुदिलाभाटी बस्ने थम्मनबहादुर घर्ती, मकवानपुरको बितिनी गाउँपालिका–७ घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–१० ढुङ्गाअड्डा बस्ने लोकबहादुर दर्लामी र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ भर भई हाल काभे्रपलाञ्चोकको धुलिखेल नगरपालिका–७ हुर्का बेइजिङ बस्ने शिवबहादुर तामाङलाई प्रहरीले सार्वजनिक गरेको हो ।
जिल्ला अदालत गुल्मीले पुर्पक्षका लागि कारागार चलान गरेपछि प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो । गत माघ १५ गते गुल्मी मुसिकोट नगरपालिका–७ न्वारमा गङ्गादेवी शेरचनको हत्या भएको थियो । उनको हत्यामा संलग्न भएको तथ्यको आधारमा अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।
५७ वर्षीय शेरचन माघ १५ गते आइतबार बिहान आफ्नै होटलको भुइँमा हात–खुट्टा र मुख सेलो टेपले बाँधिएको अवस्थामा फेला पर्नुभएको थियो । बागलुङको बडिगाड–३ सिसाखानीकी गङ्गादेवी मुसिकोट नगरपालिका–७ न्वारमा ३० वर्षदेखि होटल सञ्चालन गर्दै आउनुभएको थियो ।
भैरहवाबाट तालिमप्राप्त कुकुर झिकाएर अनुसन्धानअघि बढाइएको उक्त घटनामा गुल्मी प्रहरीले लुम्बिनी प्रदेश प्रहरी दाङसँगको समन्वय तथा केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा हत्यामा संलग्न थम्मनबहादुर घर्तीलाई गत फागुनमा पक्राउ गरिसकेको थियो ।
उनै घर्तीको बयानको आधारमा तीन जना मिलेर सामूहिक हत्या गरेको खुलेपछि प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको थियो । सुरुमा गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाट र प्रहरी नायब उपरीक्षक माधवराज खरेलको टोलीले अनुसन्धान गरेको थियो ।
त्यसपछि हत्यामा संलग्न रहेका लोकबहादुर दर्लामी र शिवबहादुर तामाङलाई गत चैत २८ मा धुलिखेलबाट पक्राउ गरिएको थियो । हत्यामा संलग्न पुष्टि भएपछि उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । हत्यामा संलग्न एक जना भने फरार छन् । उनको खोजीकार्यलाई तीव्रता दिइएकोे गुल्मी प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनको रिङ लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ
असार १४, २०८१ शुक्रबार
सर्लाहीमा बिलबिजक नभएको ७४ लाख बढीको लाइटर बरामद
असार १४, २०८१ शुक्रबार
सूचना मागेकै कारण सूचनाको हकका अभियन्ता दश दिनदेखि हिरासतमा !
असार १३, २०८१ बिहिबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने
असार १४, २०८१ शुक्रबार
मेसिनबाट धान रोप्दै प्रधानमन्त्री प्रचण्ड (तस्बिरहरू)
असार १५, २०८१ शनिबार
गुल्मीमा पहिरोले पुरिएर एकै परिवारका ५ जनाको मृत्यु
असार १५, २०८१ शनिबार
स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु
असार १५, २०८१ शनिबार
युरोकपको नकआउटमा जर्मनी र डेनमार्क खेल्दै
असार १५, २०८१ शनिबार
शरीरलाई चलायमान नबनाए हुन सक्छ हृदयघात, मधुमेह र स्तन क्यान्सर जस्ता रोग !
असार १५, २०८१ शनिबार
पराग्वेमाथि ब्राजिलको फराकिलो जित
असार १५, २०८१ शनिबार