सातदिने युद्धविराम गर्न सुडानमा युद्धरत पक्ष सहमत
नेपालबहस संवाददाता
बैशाख २१, २०८० बिहिबार १०:४०:०
२१ बैशाख, एजेन्सी । आज देखी लागु हुने गरी सातदिने युद्धविराम गर्न सुडानमा युद्धरत पक्ष सहमत भएका छन् । सुडानी सेना 'एसएएफ' प्रमुख अब्देल फताह अल बुरहान र अर्धसैनिक बल र्यापिड सपोर्टं फोर्सेस 'एसएएफ' प्रमुख आज देखी बैशाख २८ गतेसम्म युद्धविराम गर्न सहमत भएका हुन ।
दक्षिण सुडानको विदेशमन्त्रालका अनुसार राष्ट्रपति साल्भा किर मेयारदिटले बिद्रोही पक्षसँग सम्पर्क गरी युद्धबिराम गरी बार्तामा आउन आब्हान गरे पछि दुबै पक्ष युद्धबिराम गर्न सहमत भएका हुन । बिदेश मन्त्रालयका अनुसार दुवै पक्षले वार्ताका लागि आ–आफ्ना प्रतिनिधि खटाउन पनि सहमत भएका छन् ।
दक्षिण सुडानका राष्ट्रपतिले लामो समयसम्म युद्धविराम हुनुपर्नेमा जोड दिँदै त्यसका निम्ति वार्ता अपरिहार्य भएको जनाउँदै आएका थिए । दुवै पक्षको अनौपचारिक छलफल पछि वार्ताको मिति र स्थल तय गरिनेछ । दुबै नेता बिच भएको टेलिफोन बार्ता पछि शीघ्र वार्ता टोली गठन गरिने र जारी युद्धलाई स्थगित गरी राजनीतिक निकास खोज्न दुवै सहमत भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका छन ।
व्यापार र विकासका लागि अफ्रिकी देशको अन्तरसरकारी मञ्च ९आइजीएडी० का प्रमुखसमेत रहेका दक्षिण सुडानका राष्ट्रपतिलाई युद्धरत पक्षलाई वार्ताको टेबलमा ल्याउन तथा युद्धविराम गराउन सम्बद्ध पक्षसँग वार्ता गर्न आइजीएडीले अधिकार प्रत्यायोजन गरेको थियो । भीषण युद्धका कारण राजधानी खार्तुमलगायत सुडानको अवस्था भयावह बनेपछि आइजीएडीले युद्धविरामको पहल गरेको हो ।
सत्ता संघर्षका लागि अचानक भडकिएको हिंसामा परी तीनसय भन्दा बढीको ज्यान गएको थियो । दुबै पक्षले युद्धका लागि एक अर्कालाई दोष देखाउँदै युद्धको कारण आफु नभएको भन्दै पन्छिदै आएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
दुईवटा रुसी तेल ट्याङ्कर दुर्घटनाग्रस्त
मंसिर ३०, २०८१ आइतबार
बिडिसिए इलाइट कपको उपाधि एनआरवाइसीको पोल्टामा
मंसिर ३०, २०८१ आइतबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार