छोरा सन्दीपलाई काठमाडौं ल्याइयो, बुबा टोपबहादुरलाई ल्याइँदै
नेपालबहस संवाददाता
बैशाख २१, २०८० बिहिबार ११:३२:५७
२१ वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोजेको आरोपमा धमाधम भिआइपीहरु पक्राउ परिरहेका छन् ।
बुधबार राति भैरहावाबाट पक्राउ परेका सन्दीप रायमाझीलाई काठमाडौं ल्याइएको छ । सन्दीप एमाले सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन् ।
नक्कली भुटानी शरणार्थी बनाउन सहयोगी भूमिका खेलेको आरोपमा भैरहवामा बुधवार पक्राउ परेका सन्दिपलाई आज बिहान काठमाडौं ल्याइएको हो । काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार काठमाडौं अभियुक्त सन्दीपलाई ठगी कसुरमा अनुसन्धान गर्न म्याद थपका लािगि जिल्ला अदालत काठमाडौंमा पेश गर्ने तयारी भइरहेको छ ।
उनका बुबा टोपबहादुरलाई भने आज बिहान मात्र भैरहावाबाट पक्राउ परेका छन् । उनलाई पनि काठमाडौं ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ । बाबुछोराविरुद्ध प्रहरीले पक्राउ पूर्जी बोकेर खोजी गरिरहेको थियो ।
सोही प्रकरणमा हिजो सरकारका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिएको थियो । उनलाई ३ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएपछि हाल सिंहदरबार प्रहरी वृत्तको हिरासतमा राखिएको छ ।
अन्य अभियुक्तहरुलाई कालीमाटी, टेकुको हिरासतमा राखिएको छ । उनीहरुले सुनसरी, बाग्लुङ, रुकुम, दाङ, धादिङ, पर्वत, सिन्धुपाल्चोक, काठमाडौं लगायत जिल्लाका ८७५ युवकसँग अमेरिका उडाउने प्रलोभनमा पारी ५० करोडभन्दा असुलेको खुलेको प्रहरीको दाबी छ ।
रकम उठाएको आरोपमा मुछिएपछि सन्दिपका बुबा टोपबहादुर रायमाझीलाई पनि पक्राउ गर्न प्रहरीले खोजी गरिरहेको छ । एमाले नेता एवं तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक र सुरक्षाविद् ईन्द्रजित राईका छोरा निरजलाई पनि पक्राउ गर्न प्रहरीले तीव्र खोजी कार्य जारी राखेको छ । यन्द्रजित तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार थिए । सचिव पाण्डे गृह सचिव थिए । प्रकरणमा हालसम्म ८ जना पक्राउ परिसकेका छन् ।
उनीहरूविरूद्ध हालसम्म ११७ पीडितहरूले उजुरी दिएको प्रहरीको भनाइ छ । गिरोहका नाइके सिन्धुपाल्चोकका केशव दुलाल रहेको र योजनाकार भने इन्द्रजित रहेको प्रहरीको दाबी छ ।
तत्कालीन केपी ओली नेतृत्वको सरकारले भुटानी शरणार्थी समस्यालाई स्थायी रूपमा समाधान गर्न भनी गठित कार्यदलले तयार पारेको प्रतिवेदनमा विभिन्न जिल्लाका नेपाली नागिरकको नाम थप गरी रकम असुल्ने धन्दा चलाएको विषय उजुरीमाथि छानबिन गर्दा खुलेको हो । जुन प्रतिवेदन अझै सार्वजिनक भएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार