नक्कली भुटानी शरणार्थी प्रकरणकाे अनुसन्धानमा ओहदा र शक्तिको प्रभाव नहोस् : गगन
नेपालबहस संवाददाता
बैशाख २१, २०८० बिहिबार १२:१:२
२१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने उच्च ओहदाका जोसुकैलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले प्रकरणमा तानिएका भीआईपीहरुलाई समेत कारबाहीको दायरामा ल्याएर राम्रो काम गरिरहेको भन्दै गृह प्रशासनको कार्यको प्रशंसा समेत गरेका छन् ।
उनले ठगी गिरोहमा भीआईपीहरुको जालो छर्लङ्ग हुँदै गइरहेको र कानुनभन्दा माथि कोही नरहेको भन्दै यसमा मुछिएका कसैलाई नछुटाइ कारबाही गर्न सम्बन्धित निकायकाे ध्यानाकर्षण गराएका छन् । ठगीलाई उनले ‘प्रवृत्ति’काे संज्ञा दिएका छन् ।
‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ठगी गिरोहको भीआईपी जालो उजागर हुँदै गएको छ। यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ । यो घटना होइन प्रवृत्ति हो‘ उनले बिहीबार ट्वीट गर्दै भनेका छन्, ‘अझै गहिरोसँग अनुसन्धान होस्। कोही नछुटुन। संलग्न जोसुकै, जुनसुकै ओहदा र शक्तिको होस्, कानुनभन्दा माथि कोही हुँदैन । ’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार