बजेटकाे मुखमा पोखरेललाई अर्थ सचिवकाे जिम्मेवारी
नेपालबहस संवाददाता
बैशाख २१, २०८० बिहिबार १२:४०:४०
२१ वैशाख, काठमाडौं । सरकारले सचिवहरुको सरुवा गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने समयमा एक महिना पनि बाँकी नरहेको अवस्थामा सरकारले अर्थसचिवको पनि सुरूवा गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकबाट अर्थसचिव तोयम रायालाई भने उपराष्ट्रपति कार्यालयमा सरुवा पठाएर अर्थमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अर्जुन पोखरेललाई ल्याएको छ । रायलाई अर्थ मन्त्रालयमा ल्याएको ६ महिना पनि नपुग्दै उनलाई सरूवा गरिएको हो ।
बजेटको मुखमा अर्थसचिवको जिम्मेवारीमा आएको पोखरेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आउनुअघि पनि अर्थसचिवको लागि निकै पहल गरेका थिए ।
उनी विगतमा आन्तरिक राजश्व विभाग, भन्सार विभाग, त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा लगायतका अर्थ मातहतका निकायमा रहेर काम गरिसकेका छन् । २०५१ सालमा अधिकृत स्तरको सेवाबाट निजामती सेवामा प्रवेश गरेका पोखरेल २०७७ सालमा सचिवमा बढुवा भएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार