तीव्र गतिकाे विकास नीति अवलम्बन गर्छाैं : मुख्यमन्त्री पाण्डे
नेपालबहस संवाददाता
बैशाख २१, २०८० बिहिबार १३:१५:२५
२१ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्राकृतिक सम्पदालाई आयआर्जनसँग जोडेर लैजानुपर्ने बताएका छन् । उनले अब प्रदेश सरकार तीव्र गतिकाे विकास नीतिसाथ अगाडि बढ्ने बताए ।
ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित ३ दिने तालसम्मेलनको आज यहाँ शुभारम्भ गर्दै उनले ताल तलैयाको संरक्षणसँगै यसलाई आयआर्जनको स्रोतको रुपमा विकास गरेर जीविकोपार्जनसँग जोडेर लैजानुपर्ने बताए ।
‘हाम्रो जंगलमा काठ कुहिएर जाने विदेशबाट काठ आयात गर्नुपर्ने अवस्थाले अर्थतन्त्रमा असर पारेको छ । यसतर्फ सोच्नुपर्ने बेला आएको छ’ उनले भने ।
पोखराको सुन्दरतासँगै तालतलैयाको संरक्षणका लागि सबैको साझा सोच र उद्देश्य अनुरुपको कार्यमा सहकार्य र समन्वयको आवश्यतामा जोड दिए । उनले भने, ‘‘अब देखिने, सुनिने र बोलिने विकासको नीति अवलम्बन गर्नुपर्छ, प्राकृतिक सम्पदाको संरक्षण सम्बद्धनसँगै सीमित स्रोत–साधनको अधिकतम उपयोग गरेर जीविकोपार्जनसँग जोड्ने अबका कार्यक्रम तय गरिनुपर्छ ।”
कार्यक्रममा पोखरा महानगरापालिकाका प्रमुख धनराज आचार्य पोखराको पहिचान र सुन्दरता भनेको तालतलैया रहेको र यसको संरक्षण र सम्बद्धनका लागि महानगरबाट नीतिगत पहलसँगै योजना तय भएको बताए । उनले पोखराका आठ ताल जोड्ने, साइकल ट्रेल, फुट ट्रेल, वाटर स्पोटसलगायतका कार्ययोजना रहेको सुनाए । साथै एसियाली विकास बैंकसँग पोखराको वृहत्तर विकासका लागि वृहत्तर परियोजनाका कार्य सम्झौता भएको जानकारी दिए ।
ताल प्राधिकरणका उपाध्यक्ष नवराज ओझाले प्राकृति सम्पदाको संरक्षण र सम्बद्र्धनका लागि स्वार्थभन्दामाथि उठेर काम गर्नुपर्ने बताए । विकासका नाममा भएका विनाशले रामसार सूचीमा सूचीकृत अन्तर्राष्ट्रिय महत्व बोकेका तालतलैया सिमसार पुरिँदै मासिँदै गएकाले अब गम्भीर भएर सोच्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत एवम् कार्यक्रमका संयोजक डा कल्पनादेवी देवकोटाले पोखरा उपत्यकाको नौ तालहरुको दिगो विकाससम्बन्धी जानकारी र दृष्टिकोण साझा गर्दै अनुसन्धानकर्ता, सरकारी नीति निर्माता, ताल व्यवस्थापन समितिका सदस्य र समुदायका सदस्यलाई एकै ठाउँमा ल्याएर कार्य गर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँका आठ पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण
पुष ५, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
बुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार