सत्ता गठबन्धनले बजेट र नीति तथा कार्यक्रममा साझा प्याकेज बनाउने
नेपालबहस संवाददाता
बैशाख २१, २०८० बिहिबार १३:२९:२१
२१ बैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका दलहरुले सरकारका न्यूनतम् साझा कार्यक्रम जस्तै आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा पनि सबै दलहहरुले लिएका एजेण्डलाई प्याकेज बनाएर समावेश गराउने भएका छन् । उनीले आगामी बजेट र नीति तथा कार्यक्रम महत्व दिएर छलफल अगाडी बढाउने र कार्यक्रम बनाएर साझा प्याकेजका रुपमा बजेट र नीति तथा कार्यक्रममा समावेश गराउने भएका छन् ।
गठबन्धनले सेवाप्रवाह, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर आगामी बजेट ल्याउने गरी छलफल थालेको छ । नीति तथा कार्यक्रम र बजेटबारे बुधबार पहिलोपटक गठबन्धन बैठकमा दलहरूले छलफल गरेका थिए । यसलाई निरन्तरता दिन भोली शुक्रबार पनि बैठक डाकिएको छ । बैठकमा विस्तृत छलफल गरेर साझा कार्यक्रमको प्याकेज बनाउन लगाइने भएको छ ।
बुधबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रम र बजेटमा साझा सुझाव तयार पार्नुपर्ने बताएका थिए । अहिलेको चुनौतीको सामना गर्ने गरी बजेट बनाउनका लागि सत्ता गठबन्धनमा रहेका दलहरुबीच साझा धारणा बनाउनुपर्ने उनको भनाइ थियो । साझा धारणा तयार गरेर नीति तथा कार्यक्रम र बजेटमा समावेश गरी कायान्वयमूूखी बनाउने दलहरुको तयारी छ
आगामी बजेट र नीति तथा कार्यक्रम जनतालाई परिवर्तनको अनुभूति पाउने गरी बनाउनुपर्नेमा सबै दलको जोड छ । देशमा केही हुँदै छ भन्ने सन्देशसहित उचित डेलिभरी, सुशासन र समृद्धिमा सरकार गम्भीर भएर लागेको हुनगरी साझा कार्यक्रम बनाएर बजेटमा राख्नुपर्ने विषयमा दलहरु सहमत छन् । बैठकमा गठबन्धनका शीर्ष नेताहरुले पनि जनताका आशा, अपेक्षा सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम र बजेट बन्नुपर्नेमा जोड दिएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले अर्थतन्त्र सुधार गर्दै जानुपर्ने र देशको अवस्था र जनताको अपेक्षालाई ख्याल गरेर साझा कार्यक्रम तयार गर्नुपर्ने भन्दै न्यूनतम साझा कार्यक्रमका आधारमा सबैका सुझाव समेटेर कार्यान्वयन गर्ने खालको कार्यक्रम बनाउनुपर्नेमा जाड दिएका छन् । जनताका आशा र अपेक्षा धेरै रहेको भन्दै त्यसलाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम र बजेट आउनुपर्नेमा गठबन्धन दलहरु सहमत भएपछि अर्थतन्त्रलाई उकास्ने र जनतालाई प्रत्यक्ष अनुभूति हुने गरी साझा प्याकेज बनाउने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार