हिमपहिरोमा निधन भएकाको शव खलंगा ल्याइँदै, दुईको खोजी जारी
नेपालबहस संवाददाता
बैशाख २१, २०८० बिहिबार १३:५०:१८
२१ वैशाख, दार्चुला । दार्चुलाको व्यास गाउँपालिका-१ मा मंगलबार दिउँसो गएको हिमपहिरोमा परी ज्यान गुमाएका यार्सागुम्बा संकलक ३ जनाको शव सदरमुकाम खलंगा ल्याइँदैछ ।
यार्सा संकलनका क्रममा ज्यान गुमाएका दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर, १८ वर्षीय प्रवीण कुँवर र डोटीको जोरायल गाउँपालिकाकी क्षिमी सोमो थापाको शव भारतीय सडक प्रयोग गरेर खलंगा ल्याउन लागिएको हो ।
यार्सा टिप्न जानेक्रममा उनीहरु अचनाक आएको हिमपहिरोमा परेका थिए । लगातारको वर्षाका कारण नेपाली भूमि प्रयोग गरेर शव ल्याउन कठिन भएकाले भारतीय सडक प्रयोग गर्न लागिएको हो ।
सोही हिमपहिरोमा परेर बेपत्ता भएका डोटीको जोरायलकी ४५ वर्षीया नक्नी डोल्मा थापा र सोही ठाउँकी २८ वर्षीया ईश्वरी थापाको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार