चितवनका पोल्ट्री व्यवसायी कँडेल आत्महत्या प्रकरणमा २ जनाविरुद्ध पक्राउ पुर्जी
नेपालबहस संवाददाता
बैशाख २१, २०८० बिहिबार १४:२४:५८
२१ वैशाख, चितवन । पोल्ट्री व्यवसायी शंकर कँडेलको आत्महत्या प्रकरणका २ जनालाई आत्महत्या दुरुत्साहन कसुरमा अनुसन्धानका लागि प्रदीप रुँगटा र जीवन रावलविरुद्ध जिल्ला अदालत चितवनबाट पक्राउ पुर्जी जारी भएको छ ।
मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा पक्राउका लागि प्रहरीले अदालतबाट पक्राउका लागि पुर्जी लिएको हो । डेढ दशकदेखि उनले यो फिड्स चलाउँदै आएका ५२ वर्षीय कँडेल मंगलबार साँझ आफ्नै कार्यालय नारायणगढमा मृतावस्थामा भेटिएका थिए ।
कँडेलले आत्महत्या गर्नुको कारण कम्पनीको ८५ प्रतिशत सेयर खरिद गरेका व्यवसायी प्रदीप रुँगटा र कँडेलकै कम्पनीमा कार्यरत लेखा प्रमुख जीवन रावल रहेको जाहेरी परेको छ । दुवै जना फरार छन् । शेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुँगटा र रावलले मानसिक दबाब दिएको सुसाइट नोटमा उल्लेख भएको बताइएको छ ।
उनीहरूलाई पक्राउका लागि केन्द्रीय अपराध नियन्त्रण महाशाखा, सीआईबी, सिमानाका लगायतमा खबर गरेर देशभरका प्रहरी युनिटसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताए ।
पक्राउ गर्न माग गर्दै पीडित परिवार र चितवनका उद्योगी व्यवसायी संस्थाहरूले जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका छन् । उनीहरूले आज बिहान साढे ११ बजे कार्यालय अगाडि धर्ना समेत दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार