लडाकुलाई राहत दिने प्रधानमन्त्रीको निर्णय कार्यान्वयन हुँदैनः माधव नेपाल
नेपालबहस संवाददाता
बैशाख २१, २०८० बिहिबार १४:३६:१८
२१ वैशाख, धनगढी । नेकपा एकीकृत समाजवाजीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व लडाकुलाई राहत दिने भनि गरेको निर्णय कार्यान्वयन नहुने बताएका छन् । उनले सरकरी ढुकुटी संकटमा रहेका बेला प्रधानमन्त्रीले यस्तो निर्णय गर्नु नै गलत भएको भन्दै अध्यक्ष नेपालले यस्तो गलत निर्णय सच्याउनुपर्ने बताएका छन् ।
कैलालीको धनगढीमा पत्रकारहरुसाग् कुरागर्दै अध्यक्ष नेपालले सत्ता गठबनधनमा पनि अयोग्य लडाकुलाई राहात दिने कुरा नउठको बतए । आर्थिक संकटले कर्मचारीलाई समेत तलव दिन मुस्किल परेका अवस्थामा सत्ता गठबन्धनले पैसा दिनुपर्ने विषय सहमति जनाउन नसक्ने उनको भचनाइ छ । पुर्वलडाकुलाई रोजगारीका लागि ऋण दिन भने सकिउने उनले बताए ।
नेपालले माओवादीका पूर्व अयोग्य लडाकुलाई पैसा दिनुभन्दा ऋण दिन उपयुक्त हुने र यसमा सबैको सल्लाह अनुसार जान सकिने बताए । लडाकुलाई दुई लाख रुपैयाँ दिने भनी सरकारले गरेको निर्णय सतप्रतिसत गलत हुने भन्दै उनले रोजगारी प्राप्त हुनेगरी ऋण दिने व्यवस्था गरिनुपर्ने बताए । राहतका नाममा रकम बाड्ने कुरा सम्भव नहुने नेपालको भनाइ छ ।
मुलुक आर्थिक संकटले गुज्रिरहेका बेला सरकारले अयोग्य लडाकुलाई पैसा दिनेगरी गरेको निर्णय कार्यान्वयन गर्न नहुने उनको तर्क छ । यसबारे आफूले प्रधानमन्त्रीसँग कुरा गर्दा नयाँ नभएर पहिलेकै निर्णय कार्यान्वयन गरेको जवाफ आएको उनको बताए । अध्यक्ष नेपालले मुलुकले पछिल्लो समय व्यहोरिरहेको आर्थिक संकटबारे गठबन्धनमा आवद्ध दलहरु गम्भीर भएको दाबीसमेत गरे ।
‘अर्थतन्त्रको अवस्था कसरी सुधार गर्ने भन्नेबारेमा हाम्राबीचमा गम्भीर रुपमा छलफल भइराखेकै छन्,’ नेपालले भने, ‘नयाँ ढंगले सोच्नुपर्ने भएको छ । कम खर्च कसरी गर्ने, अनावश्यक खर्च नियन्त्रण गर्ने, अनावश्यक परियोजना सबै रोक्नुपर्छ । पैसा बाँड्ने होइन उत्पादनमुखी क्षेत्रमा लगाउनुपर्छ ।’
अर्काे ए प्रसंगमा उनले नेपालले पूराना राजनीतिक दल सच्चिनु पर्ने बताए । नयाँ दलले पनि फुरुङ्ग भइहाल्न नहुने उनको भनाइ छ । ‘हामी पुराना दलहरु सच्चिनु पर्छ । नयाँ भनेर पनि फुरुङ्ग हुनुहुँदैन,’ नेपालले भने, ‘विगतमा भएका कमी कमजोरी सच्याएर अगाडि बढ्नुपर्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार