बन्दीपुरका सुत्केरीलाई निःशुल्क एम्बुलेन्स
नेपालबहस संवाददाता
बैशाख २१, २०८० बिहिबार १४:३८:९
२१ वैशाख, तनहुँ । बन्दीपुर गाउँपालिकामा सुत्केरीका लागि बन्दीपुर अस्पतालसम्म ल्याउन र लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको छ । गाउँ कार्यपालिका बैठकले गाउँपालिकाभित्रका सुत्केरीलाई बन्दीपुर अस्पतालसम्म ल्याउन र लैजान निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय गरेको हो ।
बन्दीपुर अस्पतालमा उपचार हुन नसकि दमौली अस्पतालसम्म लैजानुपरेको अवस्थामा पनि निःशुल्क रुपमा सेवा दिने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं १ का अध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए ।
गाउँपालिकाले विगत १० वर्षयता विदेशबाट नेपाल फर्किएर नेपालमै व्यवसाय गरेको वा व्यवसाय गर्न चाहने नागरिकलाई व्यावसायिक अनुदान कार्यक्रम ल्याएको छ । विदेशबाट फर्किएका २५ देखि ४० वर्षभित्र उमेरसम्मका व्यक्तिलाई बढीमा रु एक लाखसम्म अनुदान दिन लागिएको उनले बताए । उक्त सेवा लिनका लागि राहदानी, श्रम स्वीकृति, व्यवसाय दर्ता, नागरिकता, फोटो, व्यावसायिक योजनालगायतका कागजपत्र पेस गर्न गाउँपालिका कार्यालयले अनुरोध गरेको छ ।
त्यसैगरी बन्दीपुर–१ कार्यालयले घरबाट बाहिर निस्कन नसक्ने नागरिकलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । अशक्त, अपाङ्गता तथा हिँडडुल गर्न नसक्ने नागरिकका आफन्तले वडाबाट सिफारिस लगेपछि बुझेको भत्ता रकम सम्बन्धित व्यक्तिलाई नदिइ खर्च गर्ने गरेको गुनासो आएपछि घरमै पुगेर भत्ता वितरण कार्य थालिएको हो ।
मुक्तिनाथ विकास बैक डुम्रे शाखासँग समन्वय गरी हिँडडुल गर्न नसक्ने नागरिकलाई घरमै पुगेर भत्ता वितरण गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । वडाभित्र रहेका २३ यस्ता नागरिकलाई चौमासिक रु बाह्र हजारका दरले भत्ता वितरण गरिएको र अन्य व्यक्ति पनि पहिचान गरी सेवा प्रदान गर्न लागेको सो वडाले जनाएको छ ।
हातमा पैसा पाएपछि आफूलाई मन लागेको कुरा किन्न पाउने भएपछि उनीहरुमा खुसी छाएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो ।
–––
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्याङ्जाका पालिकाले एक अर्ब १२ करोड अनुदान पाउने
चैत १३, २०८० मंगलबार
चार दिनदेखि कुश्माबजारका सरकारी निकाय अन्धकार
चैत ८, २०८० बिहिबार
काभ्रेमा मापदण्डविपरित एम्बुलेन्स सञ्चालन
चैत ८, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार