स्थानीय तहको बजेट कटौती नगर्न प्रधानमन्त्रीसँग एमाले अध्यक्ष ओलीको आग्रह
नेपालबहस संवाददाता
बैशाख २१, २०८० बिहिबार १५:७:८
२१ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको बजेट कटौती नगर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेका छन् । बिहीबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका अध्यक्ष ओलीले स्थानीय तहमा बजेट कटौती गर्दा विकास आयोजना प्रभावित हुने भन्दै गत वर्षको भन्दा कम बजेट नदिन आग्रह गरेका छन् ।
सिंहदरबारको भेटमा दुवै नेताबीच आगामी आर्थिक वर्षको बजेटबारे केहीबेर छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । बजेटलाई जनमुखी र कार्यान्वयनमा जाने गरी बनाउनुपर्ने ओलीको सुझाव थियो । अहिलेको अर्थतन्त्रलाई माथि उठाउनका लागि आवश्यक कार्य योजना ल्याउनुपर्ने भन्दै ओलीले बजेटलाई सकारात्मक बनाउन एमालेको पूर्ण सहयोग रहने बताएका थिए ।
सरकारले स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान ५० प्रतिशतले कटौती गरेपछि भेटका क्रममा ओलीले सरकारले स्थानीय तहको बजेट कटौती गरेकाेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । यस्तै संवैधानिक परिषदको बैठक र प्रधानन्यायाधीश नियुक्तिका विषयमा पनि दुई नेताबीच छलफल भएको थियो । एमालेले सहमति नजनाउँदा सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि नाम सिफारिस हुन सकेको छैन ।
एमालेबाट निर्वाचित जनप्रतिनिधिले ओली समक्ष स्थानीय तहको बजेट कटौती हुँदा विकास निर्माणका काम प्रभावित भएको भन्दै गुनासो गरेपछि ओली यस विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न सिंहदरबार पुगेका हुन् । उनीहरूबीच आगामी वैशाख २४ गते बोलाइएको संसद अधिवेशन र समसामयिक राजनीति लगायतका विषयमा कुराकानी भएको ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिएका छन् ।
भेटमा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझीका विषयमा पनि प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका थिए । भेटमा ओलीले रायमाझी बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने खालको व्यक्ति नभएको र षड्यन्त्रपूर्वक पक्राउ गर्ने कोशिस भएको बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार