मन्त्री बन्ने भए पार्टीले एकल बहुमत ल्याउने गरी काम गर्नूः देउवा
नेपालबहस संवाददाता
बैशाख २१, २०८० बिहिबार १६:५३:४४
२१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्री बन्न चाहनेहरुले पार्टीको एकल बहमत आउने गरी काम गर्नु पर्ने बताएका छन् । बिहीबार धुम्बाराहीमा बसेको पार्टी पदाधीकारी बैठकमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसले मन्त्री पठाउँदा समावेशी नभएको भन्ने प्रश्न उठेपछि देउवाले सबैलाई मिलाएर मन्त्रीमा पठाउन कांग्रेसको एकल बहुमतको सरकरा हुनुपर्ने बताएका थिए ।
बैठकमा देउवाले मन्त्रीहरु सिफारिस गर्दा हतारहतार भएका कारण सबैसँग सरसल्लाह गर्न नपाएको भनाई राखेपछि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले मन्त्रीको नाम छनोट गर्दा सभापति आफूहरुलार्य पनि जानकारी नदिएको गुनासो गरेका थिए । पार्टीभित्र भागबन्डाका विषयमा प्रश्न उठाउँदै शेखर समूहले मन्त्रीको नाम नदिएपछि एक महिनादेखि प्रधानमन्त्रीलाई मन्त्री सिफारिस नगरेका सभापति देउवाले बुधबार अचानक तीन मन्त्रीको नाम पठाएका थिए ।
मन्त्री नियुक्तिका विषयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित पदाधिकारीहरुले आफुहरुलाई जानकार ीनदिएको गुनासो गर्दा सभापति देउवाले पार्टीको एकल बहुमत आउने गरी काम गर्नुस अनि मन्त्रीमा पठाउँला भनेका थिए । देउवाले मन्त्रीबारे पटक–पटक छलफल भएको र आफूले त्यहीअनुसार मन्त्री सिफारिस गरेको दाबी गरेका थिए ।
बैठकमा महामन्त्री थापा र शर्माले भने आफूहरुलाई पूर्वजानकारी समेत नदिइएको भन्दै असन्तुष्टि जनाएका थिए । ’मन्त्री सिफारिसका विषयमा धेरै ठूलो असन्तुष्टि आएको त होइन, तर विषय उठ्यो,’ बैठकपछि एक नेताले नेपालबहसँग भने महामन्त्रीहरुलाई समेत मन्त्री सिफारिसको पूर्वजानकारी नभएको र समावेशी नभएको गुनासो आयो ।
बैठकमा सहमहामन्त्री जीवन परियारले आठ जना मन्त्री बनाउन पार्टीले समावेशी व्यवस्थालाई ख्याल नगरेको बताएका थिए । परियारले त्यसबारे बोलेपछि सभापति देउवा र सहमहामन्त्री परियारबीच चर्काचर्कीसमेत परेको थियो । परियारले मन्त्री छनोटमा दलित, मधेशीलगायत सीमान्तकृत समुदायको प्रतिनिधित्व नहुनु दुःखद भएको बताएका थिए । जवाफमा सभापति देउवाले एकैपटक सबैलाई अवसर दिन नसकिने भन्दै पन्छाएका थिए । देउवाले पार्टीको एकल बहुमत ल्याउने गरी काम गर्न र त्यसपछि सबैलाई समेटेर मन्त्री बनाउन सकिने दाहार्याएका थिए ।
बिहीबारको बैठक भ्रातृ संस्थालगायत सांगठनिक विषयहरुमा छलफल गर्न बोलाइएको थियो । तर बैठकमा पार्टीभन्दा सरकारका विषयमा धेरै विषयहरु उठेपछि आगामी दिनमा पार्टी र सरकारका विषयमा छलफल गर्न फरक–फरक बैठक गर्नुपर्ने विषय उठेको छ । बैठकमा सहभागि ती नेताका अनुसार पार्टी र सरकार संचालनका विषयमा फरक–फरक समयमा बैठक गर्ने समझदारी भएको बताए । हाल सरकारमा कांग्रेसबाट ८ मन्त्री छन् । तीमध्ये ६ जना संस्थापन पक्षबाट छन् । शेखर–गगन समूहबाट उपसभापति धनराज गुरुङ र डिगबहादुर लिम्बुमात्रै मन्त्री बनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
कैलालीबाट आधा किलो सुनसहित दुई भारतीय पक्राउ
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार