अहिलेकै अवस्थामा उद्योगी-व्यवसायीले अर्थतन्त्र सुधारमा योगदान पुर्याउन सक्दैनन् : अध्यक्ष ढकाल
नेपालबहस संवाददाता
बैशाख २१, २०८० बिहिबार १७:५३:४१
२१ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको विद्मान अवस्थामा उद्याेगी व्यवसायीहरूले अर्थतन्त्रमा सुधारका लागि आवश्यक याेगदान पुर्याउन नसक्ने बताएका छन् । उनले अहिलेकाे आर्थिक अवस्था उद्याेग चलाउने र व्यवसाय गर्नेहरूका निम्ति चुनौतिपूर्ण रहको बताएका छन् ।
बिहीबार ग्रिल तथा स्टिल व्यवसायी महासंघको ९ महाधिवेशनमा बौल्दै अध्यक्ष ढकालले अहिलेको आर्थिक अवस्था उद्योगी व्यवसायीहरुको चुनौतिपूर्ण रहेको बताएका हुन् । तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको २.१६ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपणले अर्थतन्त्र संकुचन देखिएको बताए ।
चुनौतिबीच सरकारको लक्ष्य अनुसार आर्थिक वृद्धिदर हुन नसक्ने उद्योगी व्यवसायीहरुको आत्मबल बढ्ने नीति ल्याउन सरकारसँग आग्रह गरे । अध्यक्ष ढकालले सरकारले व्यवसायीमैत्री मौद्रिक तथा आर्थिक नीति ल्याएर उद्योगी व्यवसायी र आम जनताको आत्मबल बढाउनुपर्ने बताए । कमजोर आत्मबल बोकेर उद्योगी व्यवसायीहरु अर्थतन्त्र सुधारमा योगदान पुर्याउन नसकिने उनको भनाइ थियो ।
अर्थतन्त्रमा समस्या आउनुमा निजी क्षेत्र, नियमन निकाय र सरकार पक्षको केही न केही दोष रहेको बताए । निजी क्षेत्रले बैंकहरुले सहज रुपमा कर्जा दिँदा घरजग्गा, शयेर वा सवारी साधन खरिदमा लगानी गर्नु व्यवसायीहरुबाट कमजोरी भएको उनको भनाइ थियो । त्यसमा मौद्रिक नीतिमा कडाई गर्ने नीति निर्माताको पनि दोष रहेको औल्याए ।
कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले ग्रिल तथा स्टिल व्यवसायीमाथि सरकारले बेवास्ता गरेको लगाए । उनले ग्रिल तथा स्टिल व्यवसायी महानगरमा उद्योग दर्ता गर्न नदिने अवस्था रहेको भन्दै देशभर सबै महानगर घोषणा हुने हो भने व्यवसाय कहाँ गर्ने भन्दै प्रश्न गरे । ग्रिल व्यवसायलाई व्यवस्थित गर्नुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार
सहकारी ठगी प्रकरण: छविको बयान लिइयो, रविलगायतको लिइँदै
पुष ८, २०८१ सोमबार