हिमपातले आधार शिविरमै रोकिए सगरमाथा आरोही
नेपालबहस संवाददाता
बैशाख २१, २०८० बिहिबार १७:५८:४४
२१ वैशाख, सोलुखुम्बु । निरन्तर हिमपातका कारण हिमाल आरोहण प्रभावित भएको छ । हिमाल आरोहणको सिजन सुरु भए पनि बेमौसममा हिमपात हुँदा आरोहण हुन नसकेको हो । ७० वर्षको इतिहासमा सबैभन्दा बढी आरोहीले सगरमाथा आरोहणको अनुमति लिए पनि मौसम प्रतिकूल हुँदा आरोहीहरु आधार शिविरमै रोकिएका छन् ।
सगरमाथा आरोहणका लागि ४३ आरोही समूहका ४ सय ६६ जनाले अनुमति लिएका छन् । अहिले विभिन्न हिमाल आरोहरणका लागि गएका १३ सय स्वदेशी तथा विदेशी आधार शिविरमा रहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिले जनाएको छ ।
आधार शिविरमा यतिका आरोहीको ओइरो लागेको यो पहिलो पटक हो । ‘आधार शिविरमा अहिले १३ सयभन्दा बढी पर्यटक छन्, हिमपात धेरै छ, आरोहीहरु हिमाल चढ्न सक्ने अवस्था छैन,’ एसपीसीसीका अध्यक्ष लामाकाजी शेर्पाले भने । विगत ५ दिनदेखि खुम्बु क्षेत्रमा बाक्लो हिमपात भइरहेको छ ।
अहिले आरोहीहरु पहिलो आधार शिविर र दोस्रो आधार शिविरबाट आधार शिविरमा ओहोरदोहोर गर्ने काम गरिरहेका छन् । शेर्पाहरुले आरोहणका लागि सामान ओसार्ने कामलाई भने निरन्तरता दिएका छन । केही आरोही अनुकूल मौसमको पर्खाइमा नाम्चे झर्न थालेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतराईमा शीतलहरको कहर: जोखिम बढ्दो, पूर्वतयारी सुस्त !
पुष २६, २०८१ शुक्रबार
‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुग्यो
पुष २३, २०८१ मंगलबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
युके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
कांग्रेस नेता डा. कोइराला लण्डनमा
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
आँखा उपचार सेवामा योगदान पुर्याउने विभिन्न व्यक्ति सम्मनित
पुष २६, २०८१ शुक्रबार
चितवन महोत्सवमा काँचो केराका परिकार
पुष २६, २०८१ शुक्रबार