सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभा सकियो, लेखापरीक्षकमा पुरानै
नेपालबहस संवाददाता
बैशाख २१, २०८० बिहिबार १८:९:५
२१ वैशाख, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको छैठौं वार्षिक साधारणसभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ ।
सभाले कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोना संक्रमण रोकथाम तथा प्रभावितहरुको उपचारका लागि सरकारको कोषमा कम्पनीको तर्फबाट गरिएको योगदानवापत ७ लाख रुपैयाँ कम्पनी ऐन २०६३ बमोजिम अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।
साथै सभाले अध्यक्षको मन्तब्य सहित संचालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८।७९ को वासलात, हिसाब, नाफा नोक्सान आयव्यय इक्युटीमा भएको परिवर्तनसम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरणमा छलफल गरी पारित गरेको छ ।
त्यस्तै, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि कम्पनीको लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र वर्तमान लेखापरीक्षक श्री जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्टस् पुनः नियुक्तिका लागि योग्य हुने प्रस्ताव पारित भएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
बज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार