मछिन्द्र क्लब लिगको पाँचौ स्थानमा उक्लियो
नेपालबहस संवाददाता
बैशाख २१, २०८० बिहिबार १८:४६:४६
२१ वैशाख, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता मछिन्द्र क्लब अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । आज भएको खेलमा संकटा एफसीलाई ३–१ गोल अन्तरले हराउँदै मछिन्द्र २१ अंक जोड्दै उक्लिएको हो ।
दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रमा लागि देवेन्द्र तामाङ, विमल घर्ती मगर र ओलावाले आफिजले गोल गरे । खेलको चौथो मिनेटमै मछिन्द्रलाई देवेन्द्र तामाङले गोल गर्दै अग्रता दिलाएका थिए । पुजन उपरकोटीको प्रहार गोलरक्षक टिकेन्द्र थापाले समाउन नसक्दा फर्किएको बललाई देवेन्द्रले पोष्टको दिशा दिएका हुन् ।
खेलको १९ औं मिनेटमा निशेन सुब्बाको क्रसमा विमल घर्ती मगरले हेडर गोल गर्दै अग्रता दोब्बर पारे । ६९ औं मिनेटमा सौरभ लिम्बुको पासमा ओलावाले आफिजले संकटाका गोलरक्षक टिकेन्द्रलाई वान भर्सेस वानमा बिट गर्दै गोल गरे ।
खेलको ७८ औं मिनेटमा संकटाका लागि जुनियर एन्कंगेले निशान खड्काको क्रशमा सान्त्वना गोल फर्काए । संकटा भने छैटौं हारसँगै ११ औं स्थानमा छ ।
उता, एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा भने एपीएफ र एनआरटीले अंक बाँडेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार