सलमानको किसीका भाइ किसीका जानले कति कमायो ?
नेपालबहस संवाददाता
बैशाख २२, २०८० शुक्रबार १३:१७:४९
२२ बैशाख, एजेन्सी । ईदको अवसरमा सलमान खानले फिल्म ‘किसी का भाई किसकी जान’ रिलिज गरेर फ्यानहरुलाई उपहार दिएका थिए । तर, फ्यानले त्यो उपहार मन पराएको देखिँदैन ।
यो फिल्मले सय करोड त कमाएको छ तर यो फिल्मले कम्तिमा १५० करोड कमाउने अपेक्षा गरिएको थियो । हामीले यो भनिरहेका होइनौं, तर फिल्मको दोस्रो हप्ताको कलेक्शन दिन प्रतिदिन घट्दै गएको हो । योसँगै १४ औं दिन पनि फिल्मले खासै कमाई गर्न सकेको छैन । आउनुहोस्, फिल्मले १४ दिनमा कति कमाइ गरेको छ ।
बक्स अफिस ट्रयाकर सचनिकका अनुसार सलमान खानको मल्टिस्टार फिल्मले १४ औं दिनमा १.१० करोड कमाएको छ । जबकि फिल्मको कुल कमाई १०६.०७ करोड पुगेको छ । १४ दिनको कमाईको कुरा गर्दा पहिलो दिन १३.५ करोड, दोस्रो दिन २५.७५ करोड, तेस्रो दिन २६.६१ करोड, चौथो दिन १०.१७ करोड, पाँचौं दिन ६.१२ करोड, पाँचौं दिन ४.५ करोड कमाएको छ ।
छैटौं दिन ४.५ करोड, सातौं दिन ३.५ करोड, आठौँ दिन २.३५ करोड, नवौँ दिन ३।३ करोड, दशौँ दिन ४.३५ करोड, ११औं दिन २.५० करोड र १२औं दिन करिब १.५० करोड कमाएको छ । फिल्मले १३ औं दिनमा १.१७ करोड कमाएको छ ।
कुल ८० करोडको बजेटमा बनेको सलमान खानको 'किसी का भाई किसकी जान’ मा पूजा हेगडे, वेंकटेश दग्गुबाती, जगपति बाबु, जस्सी गिल, राघव जुयाल, सिद्धार्थ निगम, शहनाज गिल, भूमिका चावला, विजेंदर सिंह र पलक तिवारी लगायतका कलाकार रहेका छन् । यसै सन्दर्भमा सलमान खान चाँडै नै टाइगर–३ ल्याउन लागेका छन्, जसको लागि उनका फ्यानहरू उत्सुक छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयनतारा र विग्नेशको विवाहको डकुमेन्ट्री नेटफ्लिक्समा रिलिज हुने
असोज २३, २०८१ बुधबार
बलिउड अभिनेता हाशमी सुटिङका क्रममा गम्भिर घाइते
असोज २२, २०८१ मंगलबार
अभिनेता गोविन्दा अस्पतालबाट डिस्चार्ज
असोज १८, २०८१ शुक्रबार
पार्टी कार्यालयलाई थप व्यवस्थित गर्न आफ्नै भवन निमार्ण गर्दै एमाले
असोज २५, २०८१ शुक्रबार
पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या
असोज २५, २०८१ शुक्रबार
लोप हुँदै गएको अवस्थामा संस्कृति जोगाउन पिर्के पिङको संरक्षण
असोज २५, २०८१ शुक्रबार
दशैंको किनमेल स्थानीय हाटबजारमा
असोज २५, २०८१ शुक्रबार
निङ्गलाशैनी भगवती मन्दिरमा दर्शनार्थी
असोज २५, २०८१ शुक्रबार
बाढीले क्षति पुर्याएको झोलुङ्गे पुल मर्मतपछि सञ्चालन
असोज २५, २०८१ शुक्रबार
पहिरो हटाएर बीपी राजमार्ग पुनः सञ्चालन
असोज २५, २०८१ शुक्रबार
बडादशैंका अवसरमा राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना
असोज २५, २०८१ शुक्रबार
तलेजु भवानीमा गतवर्षको तुलनामा दर्शनार्थी घटे
असोज २५, २०८१ शुक्रबार