कांग्रेसका युवा नेताहरुले सुरु गरे पार्टी सुधारको देशव्यापी अभियान
नेपालबहस संवाददाता
बैशाख २२, २०८० शुक्रबार १५:४१:५७
२२ बैशाख काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले कांग्रेस रुपान्तरणका लागि बिहीबारबाट देशव्यापी अभियान सुरु गरेका छन् । आम निर्वाचन २०७९ सम्पन्न भएपछि कांग्रेसभित्र आम सुधार र समीक्षा गर्दै पार्टी नीति र कार्यक्रमलाई जनमतको चाहना अनुसार रुपान्तरण गर्नुपर्ने प्रश्न उठेपनि नेतृत्वले यसलाई महत्व नदिएको भन्दै कांग्रेस युवा नेताहरुले युवा तहबाट पार्टी रुपान्तरणका लागि देशव्यापी अभियान सुरु गरेको बताएका छन् ।
यस अभियानका लागि देशभर रहेका कांग्रेस युवा नेताहरुलाई एकत्रित हुन आग्रह गरिएको छ । अभियान सात प्रदेश, ७७ जिल्ला, क्षेत्र, नगरपालीका र वडा तहसम्म पुर्याउने नेता भुमेन्द्रजंग शाहीले नेपालबहसलाई जानकारी दिए । उनले पार्टी नेतृत्वले आम कार्यकर्ता र जनमतको विचार अनुसार नीति र कार्यक्रम बनाउने जस्ता विषयको छलफलका लागि केन्द्रीय समतिको बैठक समेत नडाकेर पार्टीलाई गुमरामा राख्ने काम गरेकाले युवाहरुले यो अभियान सुरु गरेको बताए ।
कांग्रेस पदाधिकारी तहमा नीति अधिवेशसन कि महासमिति सदस्यहरुको बैठक भन्ने विषयमा विवाद भइरहेका बेला युवा नेताहरुले यो अभियान सुरु गरेका हुन् । महाधिवेशन सकिएको छ महिनाभित्र नीति अधिवेशन गर्ने भने पनि डेढ वर्षपछि बल्ल कांग्रेसले अधिवेशन तयारी थालेको छ । अब बस्ने केन्द्रीय समिति बैठकले नीति अधिवेशन वा महासमिति सदस्यहरुको भेला डाक्ने नेतृत्वको तयारी छ । अभियान सुरु गरेको युवा नेताहरुले भने पार्टी रूपान्तरणका लागि नीति अधिवेशनले मात्रै नपुग्ने बताएका छन् ।
अभियान सुरु गरेका नेताहरुको भनाइमा अब कांग्रेस नीति अधिवेशन केन्द्रीय समितिको बैठकमा मात्र सिमित भएर सुधार हुने अवस्थामा छैन । केन्द्रीय समिति बैठक पार्टीका आन्तरिक विषयमा छलफल गर्नका लागि मात्रै हो । यतिबेला कांग्रेसले आफू सुधारिएको कुरा बैठकमा मात्र गरेर पुग्ने अवस्था छैन् । कांग्रेसले अब के गर्छ । विगतमा के कस्ता गल्लीहरु गरेको थियो र ति गल्तीलाई अब कसरी सुधारमा गर्दै अगाडी कस्ता कार्यक्रम लिएर आउँदैछ भन्ने कुरा जनताको घरघरमा पुगेर भन्नुपर्छ ।
अभियान अन्तर्गत केन्द्रमा रहेका कांग्रेस युवा नेताहरुले प्रदेश र जिल्ला तहमा रहेका नेताहरुलाई परिचालन गर्ने र जिल्लामा रहेका नेताहरु नगर वडा तहसम्म परिचालन गर्ने बताइएको छ । पार्टीका शीर्ष नेताहरूको कार्यशैली बदल्न पनि अभिया आवस्यक रहेको उनीहरुले बताएका छन् । बिहीबार काठमाडौंको बत्तिसपुतलीमा ओयोजित भेलालाई केन्द्रीय तहका युवा नेताहरु मधु आचार्य, गुरूराज घिमिरे, भूपेन्द्रजंग शाही, रञ्जित कर्णलगायतले कांग्रेस रुपान्तरणका कसरी अगाडी बढ्नपर्छ भन्ने विषयमा विचार राखेका थिए ।
यो अभियान सिंगो कांग्रेसको भएको र यसमा कुनै पनि गुट र उपगुट नरहने नेताहरुले बताएका छन् । बत्तिसपुतलीमा बिहीबार भेलामा बोलेका अधिकांश नेताहरुले पार्टी सुधारको बाटोमा लाग्नुपर्ने र त्यसका लागि ढिला गर्न नहुनेमा जोड दिएका थिए । पार्टीको संरचनामै आमुल परिवर्तन जरूरी रहेको र यो अभियानलाई टालोटोलमा पुर्याउने नेताहरूको भनाइ थियो ।
भेलामा नेता गुरूराज घिमिरेले पार्टीभित्र आमुल परिवर्तन र सुधार आवश्यक रहेको बताएका थिए । उनले पार्टीभित्र अब परिवर्तन आवश्यक भइसकेको र हरेक युवा कार्यकर्ताले मनको आगोलाई राँको बनाउने बेला भएको भन्दै पार्टीभित्र असल मानिस सक्रिय नहुँदा खराबहरूबाट नेतृत्व भइरहेको बताएका थिए । उनले १४ औं महाधिवेशनमा पार्टी रूपान्तरणका लागि कोसिस गरे पनि असफल भइएको पनि बताएका थिए । कांग्रेसले युवाहरूलाई आकर्षित गर्न नसकेको उनको भनाइ थियो ।
भेलामा युवा नेताहरु रन्जित कर्ण र भुपेन्द्रजंग शाहीले नीति अधिवेशनले मात्र पार्टीमा सुधार नआउने भन्दै अब जनताले विकल्प खोज्न थालिसकेकाले अब कांग्रेसले पनि त्यही अनुसारको रुपान्तरण सुरु गर्नुपर्ने बेला आएको बताएकबा थिए । उनीहरुले कांग्रेसलाई ब्युझाउन सकिने, आसलाग्दो पार्टी बनाउन सकिने । तर, यसका लागि जनताको घरघरमा पुगेर जनतासँग नयाँ बाचा गर्नुपर्ने बताएकबा थिए । कांग्रेसका सत्ताको स्वाद लिएकालाई कांग्रेस सहित रुपमा चलिरहेको भान भएपनि वास्तव कांग्रेसमा युवाहरुको भविष्यमाथि कालो बादल मडारिइरहेको उनीहरुको भनाइ थियो ।
भेलामा मधु आचार्य, गुरूराज घिमिरे, भूपेन्द्रजंग शाही, रन्जित कर्ण हुर्मत नेउपाने, धर्मेन्द्र नेम्वाङ, बिजुल्ला बर्मा, उमा सिबाकोटि, शंकर तिवारी, विस्नु पाण्डे, बिगान प्रसाइ, सुबस लोहनि प्रेमिका राना, भुबन भट्ट लगायतले कांग्रेस सुधारको लागि देशव्यापी अभियान सन्चालन गर्नु पर्नेमा जोड दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा एसले महाधिवेशनका लागि छान्यो १८ सय प्रतिनिधि
असार ८, २०८१ शनिबार
परराष्ट्रमन्त्री श्रेष्ठ आज इरान जाँदै
असार ८, २०८१ शनिबार
भारत र अमेरिकासहित ८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस
असार ७, २०८१ शुक्रबार
राष्ट्रिय अनुसन्धान विभागका एसपी प्रसाईमाथि छानबिन !
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार
कर्मचारीको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित
नेपालबहस संवाददाता
असार ५, २०८१ बुधबार
सत्तामा निरीह प्रधानमन्त्रीः समीकरण फेरिन्छ कि मध्यावधि हुन्छ ?
असार ८, २०८१ शनिबार
पत्रकार महासंघको निर्वाचन असार २२ गते
असार ७, २०८१ शुक्रबार
आईएल टी-२० फ्रेन्चाइजी गल्फ जायन्टद्वारा दिपेन्द्रसहित १३ खेलाडी रिटेन
असार ७, २०८१ शुक्रबार
गर्मीको समयमा दिल्लीमा खानेपानीको अभाव
असार ८, २०८१ शनिबार
एडीबीद्वारा पाकिस्तानमा दिगो लगानीका लागि २५० मिलियन अमेरिकी डलर ऋण स्वीकृत
असार ८, २०८१ शनिबार
इटालीमा आप्रवासी जहाज दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो
असार ८, २०८१ शनिबार
आन्तरिक पर्यटकको रोजाइमा वेतना सिमसार
असार ८, २०८१ शनिबार
सुन्धारामा चलिरहेको छ नेपाल अफ्रिका चलचित्र महोत्सव
असार ८, २०८१ शनिबार
मनसुनमय पाँच पोखरी ( फोटो फिचर )
असार ८, २०८१ शनिबार