काठमाडौंका उभौली रमझममा कोशी नामाकरणको विरोध [फाेटाेफिचर]
नेपालबहस संवाददाता
बैशाख २२, २०८० शुक्रबार १७:३:२२
२२ वैशाख, काठमाडौं । शुक्रबार देशभर किरात समुदायले उभौली पर्व मनाइरहेका छन् । काठमाडौंको नयाँ बानेश्वरमा भेला भएकाहरुले ‘कोशी’ प्रदेश नामाकरणको विरोध गर्दै किराँत समुदायले उभौली पर्व मनाएका छन् । उनीहरुले साँस्कृति पहिचान झल्कने बाजागाजा र नाचगानसहित उभौली पर्व मनाए ।
जातीय पहिरनमा सजिएका महिला र पुरुषले पर्वको रौकनबीचमै ‘कोशी मुर्दावाद’ लेखिएको प्लेकार्ड प्रदर्शन गरे । सयौं संख्यामा भेला भएका उनीहरुले सडकमै साकेला नाचेर कोशी नामकरणको विरोध गरेका छन् ।
आफूहरुको चाड र सांस्कृतिक पहिचानलाई मुख्य राजनीतिक दलहरुले नै बहिष्करणमा पारेकाले उभौलीलाई खबरदारीको रुपमा मनाइएको किरात राई याक्खाका अध्यक्ष जीवन राईले बताए ।
किरात समुदायले कोशी प्रदेशको नाम परिवर्तन गरी प्राचीन सभ्यता, ऐतिहासिक पृष्ठभूमि, भूगोल र सांस्कृतिक पहिचानको आधारमा पुनः नामकरण गर्नुपर्ने माग काठमाडौंमा पनि दोहोर्याए ।
प्रदेशको नाम कोशीलाई परिवर्तन गर्नुपर्ने माग राख्दै किरात, राई, लिम्बू लगायत पहिचान पक्षधरहरुले आन्दोलन जारी राखेका छन् । आन्दोलनका क्रममा पदम लिम्बूको ज्यान समेत गएको छ । उनलाई सरकारले शहीद घोषणा गरिसकेको छ । पुनः नामाकरण नभएसम्म आन्दोलन नरोकिने उनीहरुको अडान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबरञ्जाको सात वर्ष पुरानो धुलेमेला
जेठ १८, २०८१ शुक्रबार
पशुपति क्षेत्रको गुरूयोजना आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुने
जेठ १७, २०८१ बिहिबार
आउँदो असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका बिहान ४ बजे खोलिने
जेठ १६, २०८१ बुधबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २०, २०८१ आइतबार
उत्तर कोरियाले थप छ सय फोहोर भरिएका बेलुन दक्षिणतर्फ पठाइयो
जेठ २०, २०८१ आइतबार
जुवातास खेलिरहेको अवस्थामा नगदसहित चार जना पक्राउ
जेठ २०, २०८१ आइतबार
मुख्यमन्त्री केजरीवाल आज पुन: जेल जाँदै
जेठ २०, २०८१ आइतबार
स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप, चार जना घाइते
जेठ २०, २०८१ आइतबार
सुन आयातमा लगाएको कोटा र भन्सार वृद्धिको विरोधमा सडकमा उत्रिए सुनचाँदी व्यवसायी
जेठ २०, २०८१ आइतबार
विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता १८ करोड
जेठ २०, २०८१ आइतबार