छुट्नु होला नि मोदी इनर्जीको आईपीओमा आवेदन दिन ?
नेपालबहस संवाददाता
बैशाख २४, २०८० आइतबार ९:३५:३८
२४ वैशाख, काठमाडौं । मोदी इनर्जीको आईपीओमा आवेदन दिने आज वैशाख २४ गते आइतबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । कम्पनीले वैशाख १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ७२ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको हो । जसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि २९ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ४ लाख ३५ हजार कित्ता बाँडफाँट गरिसकेको छ ।
त्यस्तै, ३ लाख २२ हजार २८० कित्ता शेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरेको छ भने बाँकी ५९ लाख ९४ हजार ४२० कित्ता शेयर सर्वसाधारणका लागि कम्पनीले उक्त आईपीओ निष्कासन गरेको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।
यस आईपीओलाई रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउने ‘आइआरएन डबल बी प्लास रेटिङ’ प्रदान गरेको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । सर्वसाधारणले सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४९ अंकले बढेर सोमबार नेप्सेमा हरियाली, ६ अर्ब ३० करोड बढीका शेयर खरिदबिक्री भए
पुष २२, २०८१ सोमबार
पुँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध छु : अध्यक्ष श्रेष्ठ
मंसिर २६, २०८१ बुधबार
नेप्सेमा गिरावट कायमै, कारोबार रकम साढे पाँच अर्बमा खुम्चियो
मंसिर २४, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार