आजदेखि बजेट अधिवेशन, अर्थमन्त्रीले विनियोजन विधेयकमाथि छलफलका लागि प्रस्ताव पेस गर्ने
नेपालबहस संवाददाता
बैशाख २४, २०८० आइतबार १०:४१:५४
२४ वैशाख, काठमाडौं । आजदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख २४ गते आइतबारदेखि संसदको बजेट अधिवेशन आह्वान गरेका थिए । आगामी आर्थिक वर्षको बजेट जेठ १५ मा संसदमा पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसअघि नै वार्षिक नीति तथा कार्यक्रम पेस हुनेछ ।
बजेटपूर्वको छलफल वैशाख २७ सम्ममा सक्ने सरकारको योजना छ । अधिवेशन सुरुहुनु पूर्व शुक्रबार सभामुख देवराज घिमिरेले बजेट अधिवेशनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर राजनीतिक दलहरूका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । संसद् सचिवालयका अनुसार अधिवेशनको पहिलो दिन मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेस हुने कार्यसूची छ ।
अर्थमन्त्री प्रकाशशरण महतले आउँदो आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्नेछन् । पहिलो अधिवेशन एक सय १० दिन चलेको थियो । यो अधिवेशनले एउटा पनि विधेयक पारित गर्न सकेन । प्रतिनिधिसभाको नियमावली पारित गर्ने र प्रधानमन्त्रीलाई दुई पटक विश्वासको मत लिनेबाहेक केही उल्लेख्य काम हुन सकेन ।
आइतबार पेस हुने मुलुकी संहितासम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेशमा मिटरब्याजमा ठगी गर्ने व्यक्तिलाई कडा कारबाही गर्ने व्यवस्था छ । यो अधिवेशनले यसलाई स्वीकार गर्दै ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित गर्नुपर्नेछ । नागरिकता विधेयकलाई पनि यही अधिवेशनमा अघि बढाउनुपर्ने दवावमा सरकारलाई छ ।
जन्मका आधारमा नागरिकता लिएका दम्पतीका सन्तानले वंशजका आधारमा नागरिकता पाउने संवैधानिक व्यवस्था छ । तर कानुनी व्यवस्था नभएकै कारण एक लाख ९० हजार व्यक्तिका सन्तान नागरिकताबाट वञ्चित छन् । अघिल्लो संसद्ले पारित गरेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेकै कारण कार्यान्वयन हुन सकेन । यसबारे राष्ट्रपतिले आज कानुविद्सँग परामर्श गर्दैछन् ।
निजामती कर्मचारी विधेयकलाई अघिल्लो संसद्को समितिले पारित गरेर पनि सरकारले फिर्ता लिएको थियो । यो विधेयक पारित नभएकै कारण कर्मचारी व्यवस्थापनमा उल्झन छ । त्यसैले आउँदो अधिवेशनमै यसलाई अघि बढाउनुपर्ने दबाब सरकारलाई छ । संघीय संरचनाअनुसारको शिक्षा र प्रहरीसम्बन्धी कानुन पनि ल्याउन बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
१८ अर्ब ६६ करोडको प्रतिबद्धता आएकोमा ५ अर्ब ७६ करोड मात्र भित्रियो एफडीआई
पुष १, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार