अभिषेक, अंकिता र रोजलाई उपाधि
नेपालबहस संवाददाता
बैशाख २४, २०८० आइतबार १२:११:१८
२४ वैशाख, काठमाडौं । एएनपी मिडिया हाउसले राजधानीमा आयोजना गरेको ‘लिटिल स्टार नेपाल २०८०’ मा ‘सिनियर डान्स’तर्फ अभिषेक यादव, ‘जुनियर डान्स’तर्फ अंकिता सुनुवार र गायनतर्फ रोज तामाङले उपाधि जितेका छन् ।
चौथो संस्करणको प्रतियोगितामा ‘सिनियर डान्स’तर्फ अस्मी नेपाल ‘फस्ट रनरअप’, रुबेन रसाइली ‘सेकेण्ड रनरअप’, प्रिन्सिका कार्की ‘थर्ड रनरअप’ र ‘पब्लिक च्वाईस’ तथा अभिषेक यादव ‘मस्ट पपुलर’ भए ।
त्यस्तै ‘जुनियर डान्स’तर्फ यान्ना श्रेष्ठ ‘फस्ट रनरअप’, ताकी राई ‘सेकेण्ड रनरअप’, आलिया तामाङ ‘थर्ड रनरअप’, निश्मा बस्नेत ‘पब्लिक च्वाइस’ र मानशी बस्नेत ‘मस्ट पपुलर’ भए ।
‘गायन’ तर्फ युमी राई ‘फस्ट रनरअप’, अन्शु कार्की ‘सेकेण्ड रनरअप’, प्रनेक अधिकारी ‘थर्ड रनरअप’, दिपिशा कार्की ‘पब्लिक च्वाइस अवार्ड’, र नुनुम्सा राई ‘मस्ट पपुलर अवार्ड’ बने । प्रतियोगितामा गायनतर्फ विनोद ढकाल, रमेश पाठक र नृत्यतर्फ तुलसा कटुवाल र सरिता शाह निर्णायक थिए ।
एएनपीका सिइओ लवबहादुर कार्कीले बालबालिकाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, अन्तर्निहित क्षमता उजागर, प्रतियोगीको प्रतिभा प्रस्फुटन, उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने तथा नेतृत्वदायी क्षमताको विकास गर्दै उज्ज्वल भविष्य निर्माणमा प्रतियोगिता आयोजना गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार