सिम्रिक एयरका हेलिकोप्टर उडानबारे सुरक्षा परीक्षणपछि मात्र टुंगो लाग्ने
नेपालबहस संवाददाता
बैशाख २४, २०८० आइतबार १३:१२:४७
२४ वैशाख, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको सम्पूर्ण हेलिकप्टर उडानमा लगाएको प्रतिबन्ध फुकुवा सुरक्षा उडान पूरा भएपछि मात्र टुंगो लाग्ने भएको छ ।
शुक्रबार संखुवासभामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर एयरसँग रहेका अन्य हेलिकप्टर उडानमा सो दिनदेखि
अर्को सूचना जारी नभएसम्मका लागि सबै उडानमा प्रतिबन्धको घोषणा गरेको थियो ।
सिम्रिकसँग ६ वटा हेलिकोप्टर रहेकामा एउटा शुक्रबार दुर्घटना परेर क्षतिग्रष्ट भएको छ । माथिल्लो अरुण जलविद्युत आयोजनाको सामान पुर्याएर फर्किने क्रममा र्किँदा नाइन एन्–एजेजेड हेलिकप्टर भोटखोला–४ स्थित हम्मरे डाँडाको रुपमा ठोक्किएर सिप्रुङमा दुर्घटना परेको थियो । सुरक्षा परीक्षण हप्ता दिन लाग्ने बताइएको छ ।
दुर्घटनामा स्थानीय भविन गुरुङको निधन भएको थियो । क्याप्टेन सुरेन्द्र पौडेल, मनोज थापा, छिरिङ भोटे र विद्युत प्राधिकरणका कर्मचारी विक्रम गुरुङ घाइते भएका थिए । उनीहरु उपचार ललितपुरको मेडिसिटी अस्पतालमा भइरहेको छ । क्याप्टेन सुरेन्द्र पौडेलकाे अवस्था सामान्य रहेको बताइएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार