सरकारलाई दिएको समर्थन कायमै रहने सिके राउतको प्रष्टोक्ति
नेपालबहस संवाददाता
बैशाख २४, २०८० आइतबार १३:२९:५०
२४ वैशाख, काठमाडौं । सरकार साझेदार दल जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने बताएका छन् । आइतबार काठमाडाैंमा संचारकर्मीहरूसँगकाे कुराकानीमा उनले पार्टीका सांसदहरूसंसदमा सत्ता पक्षको कुर्सीमा बस्ने बताए ।
तर सरकारलाई दिएको समर्थन कहिलेसम्म जारी राख्ने र सरकारमा सहभागी हुने नहुने भन्नेबारे पार्टीले छिट्टै निर्णय लिने उनको भनाइ छ । रास्वपाले सरकारलाई दिँदै आएको समर्थन गत शुक्रबार मात्र फिर्ता लिएको थियो । त्यसपछि अन्य जनमत, जसपा, लोसपा, नाउपा लगायत साना दहरुलले समेत समर्थन फिर्ता लिने चर्चा भइरहेको बेला जनमतले समर्थन कायमै राख्ने बताएको हो ।
जनमतले प्रधानमन्त्री प्रचण्डले बिना जानकारी आफूखुसी आफ्नो पार्टीले दाबी गर्दै आइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय रोकेर खानेपानीम तथा सरसफाइ छुट्याएको भन्दै सांसद अब्दुल खानलाई खानेपानीबाट गत चैत १७ मा फिर्ता बोलाएको थियो । त्यसयता सरकारमा सहभागी भएको छैन । जनमतसँग ६ सांसद छन् ।
रास्वापाले भने पुरानै मन्त्रालय दिन प्रधानमन्त्री तयार नभएको र नीति तथा कार्यक्रमबाट रास्वपाले उठाएको जुनसुकै समयमा भ्रष्टाचारी फाइल खोल्ने नीति हटाएको जनाउँदै सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको जनाएको छ
यसैबीच जसपाले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नहुने बताइसकेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारलाई दिँदै आएको समर्थन कायमै रहने शनिबार मात्र स्पष्ट पारेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार