खानीखोलाका कृषकलाई कफी खेतीमा अनुदान
नेपालबहस संवाददाता
बैशाख २४, २०८० आइतबार १३:३८:२९
२४ वैशाख, काभ्रेपलाञ्चोक । खानीखोला गाउँपालिकाले कफी खेतीलाई प्राथमिकतामा राखेको छ । दिगो आयस्रोतका रुपमा कफी खेती छनोट गरी चालू आर्थिक वर्षको सुरुआतमै ‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रम गाउँपालिकाले अघि सारेको थियो ।
उक्त कार्यक्रमअन्तर्गत हाल कृषक समूह र कृषि सहकारी गरी ११ वटा संस्थामा आबद्ध कृषकलाई घोषित अनुदान वितरण गरिएको थियो । सबै कृषक समूहलाई रु पाँच लाख ४५ हजार सात सय ७६ वितरण गरिएको गाउँपालिकाले जनाएको छ । कफी किसानलाई प्रोत्साहन दिन लागू गरिएको अनुदान कार्यक्रमअनुसार चालू आवमा रु ३५ लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । उनका अनुसार अनुदान वितरण गरी बाँकी बजेटबाट कृषकलाई थप ३५ हजार बिरुवा वितरण गर्ने तथा नर्सरी प्रवद्र्धनमा लगानी गरिने छ ।
गाउँपालिकाले यस वर्ष ३५ हजार केजी कफी उत्पादन हुने अनुमान गरेकामा १५ हजार ९३ केजी मात्रै उत्पादन भएको जनाएको छ । “समूहभन्दा बाहिर रहेका किसानलाई समेत समेटेर आउँदो आवमा कार्यक्रम बनाउनेछौँ”, अध्यक्ष थिङले भने । उनले भौगोलिक विकटताका कारण अन्य नगदे बालीको भन्दा कफीको बजारीकरण सजिलो देखिएकाले उक्त खेतीलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताए ।
गाउँपालिकाले उत्पादन भएमध्ये एक किलो बराबर रु ३५ कृषकलाई अनुदान दिने निर्णय गरेको छ । विगत १२ वर्षदेखि कफी खेती गर्दै आएका वडा नं ६ का किसान बाबुलाल घलानले गाउँपालिकाबाट अनुदान पाएपछि आफूहरु निकै खुसी भएको बताए । वर्ष पाँच सय केजी कफी उत्पादन गरेका उनले यसबाट वार्षिक रु तीन लाख आन्दानी गर्दै आएको थियो ।
यस वर्ष गाउँपालिकाबाट एक सय ७६ कफी कृषकले अनुदान पाएका छन् । सबैभन्दा बढी मिल्चे साना किसान कृषक समूहले कफी उत्पादन गरेको हो । गाउँपालिकाको कृषि शाखाका अनुसार सो समूहले तीन हजार एक सय ६९ केजी कफी उत्पादन गरेको थियो ।
यस्तै फलामेटार कफी उत्पादक समूहले पाँच सय ५८ केजी, महादेवटार कृषक कफी समूहले एक हजार पाँच सय ९८ केजी, कोदाखरिया कफी उत्पादक सहकारी संस्थाले दुई हजार चार सय पाँच केजी, चाकल भीमसेन कृषक समूहले दुई सय ६४ केजी, दीपज्योति कृषक समूहले आठ सय ८४ केजी, सानुखोला कफी कृषक समूहले एक हजार आठ सय ८४ केजी, सिमलटार जनएकता कृषक समूहले एक हजार सात सय ८५ केजी, मन्जुश्री कृषक समूहले दुई हजार छ सय २३ केजी र साल्मे कृषक समूहले तीन सय सात केजी कफी उत्पादन गरेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
बाँकेका किसान चैते धानखेतीमा आकर्षित
बैशाख १२, २०८१ बुधबार
दाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार