एमालेले केन्द्रीय कमिटी बैठक काठमाडौंमै गर्ने
नेपालबहस संवाददाता
बैशाख २४, २०८० आइतबार १४:४४:३६
२४ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले केन्द्रीय कमिटीको बैठक काठमाडौंमै गर्ने भएको छ । यसअघि यही वैशाख २८ देखि ३० गतेका लागि अध्यक्ष केपी ओलीको गृह जिल्ला झापामा बोलाएको केन्द्रीय कमिटी (सीसी) बैठक काठमाडौंमा बस्ने भएको हो ।
संसदको बजेट अधिवेशन सुरु भएकाले पार्टीका सांसदहरु बैठकमा व्यस्त हुनुपर्ने भएपछि केन्द्रीय कमिटी बैठक काठमाडौंमै सारिएको केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए ।
बैठकमा चुनावको समीक्षा र चुनावपछि संगठन सुदृढिकरणका लागि सञ्चालित ‘मिसन ग्रास रुट’ अभियानबारे छलफल हुने जनाएका छन् । ४ मंसिरको आम चुनावपछि बस्न लागेको एमालेको यो पहिलो केन्द्रीय कमिटी बैठक हो । सीसी बस्नुअघि २६ गते सचिवालयको बैठक बस्ने अधिकारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार