एकैदिन सप्तरीमा तीनजनाले गरे आत्महत्या
नेपालबहस संवाददाता
बैशाख २४, २०८० आइतबार १४:५७:११
♦ सुधा देव
२४ वैशाख, सप्तरी । सप्तरीमा आइतबार तीनजनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमध्ये दुईजना महिला र एक जना पुरूष छन् । राजविराज नगरपालिका–१ डुमरीका महेशप्रसाद यादवका १८ वर्षिया छोरी की बेबी भन्ने देव कुमारी यादव, राजविराज नगरपालिका–६ खर्साल टोल बस्ने शिसन मण्डलको ३५ वर्षीया श्रीमती तिलाठी मण्डल र राजविराजकै वीरेन्द्र साहका २६ वर्षीय छोरा विवेक साहले आइतबार आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिएका छन् ।
उनका अनुसार देव कुमारीले आफ्नै सुत्ने कोठाको फलामको बलोमा सलले पासो लगाई झुण्डिएर आत्महत्या गरेकी हुन् । घरायसी विवादका कारण नाम नखुलेको विषादी सेवन गरेकी तिलाठीको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्युु भएको प्रवक्ता सिंहले बताए ।
विवेक भने होटलको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको प्रहरी चौकी फतेपुर सप्तरीले जनाएको छ । सप्तकोसी नगरपालिका–१ फतेपुर चोकस्थित रहेको इन्द्रेणी होटल एण्ड लजको कोठा नम्बर १०४ मा झुण्डिएर विवेकले आत्महत्या गरेका हुन् ।
उनी शनिबार साँझ होटेल पुगेर बास बसेका प्रहरीको भनाइ छ । होटल सञ्चालक अशोक चौधरीले बिहान कोठाहरू चेकजाँच गर्ने क्रममा कोठा खोलेपछि झ्यालबाट हेर्दा विवेक सिलिङ पङ्खामा सलको पासो लगाई झुण्डिएको देखेका हुन् । यी तीनवटै घटना आत्महत्याजस्तो देखिए पनि विभिन्न कोणबाट अनुसन्धान भने भइरहेको प्रहरी प्रवक्ता सिंहले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीले संसद अधिवेशन नबोलाएर अध्यादेशमार्फत दल फुटाउने नीति लिएः माओवादी
पुष १९, २०८१ शुक्रबार
पर्यटकीयस्थल मुना मालिकाको प्रवर्द्धनका लागि पहल
पुष १९, २०८१ शुक्रबार
भन्सारबाहिर वस्तु जाँचमा लाग्ने महशुलको थप ५० प्रतिशत धरौटीको व्यवस्था संशोधन गर्न माग
पुष १९, २०८१ शुक्रबार
निरन्तर घट्दै टेलिकम सेवाप्रदायकको राजस्वमा योगदान
पुष १९, २०८१ शुक्रबार
सामूहिक खेतीतर्फ आकर्षित सिसवोनीका दलित महिला
पुष १९, २०८१ शुक्रबार
काग्रेसले विभागहरुसँग माग्यो कार्ययोजना, फागुन मसान्तभित्र बुझाइसक्नुपर्ने
पुष १९, २०८१ शुक्रबार