जन्मदिनमै चम्सुरीले ल्याईन नयाँ गीत तिमी जाने भट्टितिर
नेपालबहस संवाददाता
बैशाख २४, २०८० आइतबार १५:३:४७
२४ बैशाख, काठमाडौं । हास्यव्यँग्य अभिनेत्री पल्पसा डँगोल 'चम्सुरी'ले आफ्नो स्वरमा नयाँ गीत ‘तिमी जाने भट्टीतिर’ को भिडियो बजारमा ल्याएकी छिन् । मृगौला फेरेर नयाँ जीवन पाएकी यी कलाकारले त्यसपछि यो नयाँ गीत ल्याएकी हुन् ।
आफ्नो जन्म दिनको अबसर पारेर बुद्ध पूर्णिमाको अबसरमा पल्पसाले यो गीतको भिडियो दर्शकमाझ ल्याएकी हुन् । उनको जन्म दिनको केक काट्दै काठमाडौंमा एक समारोहबीच बरिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ, मुलरीधर, किरण केसीसहित दीपाश्री निरौला, आनन्द कार्की, केदार घिमिरे 'माग्ने बुढा'लगायतले उनको यो गीतको बिमोचन गरेका छन् ।
बिमोचन पछि कलाकार मदनकृष्ण श्रेष्ठले त पल्पसालाई अहिलेको अबस्थामा देख्दा नयाँ काम गर्न आफुलाई अझ धेरै प्रेरणा मिल्ने गरेको बताए । समारोहमा सबैले पल्पसालाई जन्मदिनको शुभकामना दिँदै नयाँ जीवन पाएकोमा अझ धेरै प्रगति देख्न पाइयोस भने ।
रक्सीको लतमा लागेका श्रीमानलाई सुधार्ने यो सन्देशमुलक गीत ल्याएको यी कलाकारले बताएकी छिन् । आफ्नो स्वर ठिकै भएपनि गीतबाट केही दिन सकिन्छकी भन्ने चाहनाले यो गीत जन्मेको पल्साले बताईन्,‘भाईले मृगौला दान गरेपछि बोनसमा पाएको यो जीवनमा धेरै भन्दा धेरैं काम गर्नुछ । त्यसैले जन्मदिनको अबसर पारेर यो नयाँ गीतबाट नयाँ कामको थालनी गरेकी हुँ ।’ कलाकार पल्पसाले बिमोचन समारोहमा भनिन् ।
उनले यो आफ्नै अफिसियल युट्युव च्यानलबाट रिलिज गरेकी छिन् । जसमा पल्पसासँगै राजु भुजु, मञ्जु श्रेष्ठ, आरके मानन्धर, सुनिता श्रेष्ठ ठाकुरको अभिनय छ । दुर्गा पौडेलले खिचेको यो भिडियोलाई नविन घर्तिमगरले सम्पादन गरेका हुन् । रमेशराज भट्टराईको शब्द संगीत रहेको यो गीतको भिडियो पल्पसा आफैंले निर्देशन गरेकी हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
इजरायलले कब्जा गरेको गोलान हाइट्समा बस्ती विस्तार गर्दै
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
दुईवटा रुसी तेल ट्याङ्कर दुर्घटनाग्रस्त
मंसिर ३०, २०८१ आइतबार
बिडिसिए इलाइट कपको उपाधि एनआरवाइसीको पोल्टामा
मंसिर ३०, २०८१ आइतबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार