काठमाडौंका अव्यवस्थित तार विद्युत प्राधिकरण र इन्टरनेट प्रदायक कम्पनीले नै हटाउने
नेपालबहस संवाददाता
बैशाख २४, २०८० आइतबार १५:४०:१०
२४ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका अव्यवस्थित तार हटाउन नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरु राजी भएका छन् । तार हटाउन महानगरले प्रकाशित गरेको सूचनाका आधारमा प्राधिकरण र इन्टरनेट सेवाप्रदायक कम्पनीहरु भोलिदेखि बिजुलीका पोलमा बाँधिएका तारहरु हटाउन सहमत भएका हुन् ।
नेपाल दूरसञ्चार प्राधिकरण, नेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरु र महानगरपालिका बीच आइतबार बैठक बसेको हो । बैठकमा सोमबारदेखि महानगर क्षेत्रका अव्यवस्थित तार हटाउन प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरु तयार भएको महानगरले जनाएको छ ।
सोमबार बिहान ८ बजेदेखि माइतीघर मण्डला र न्यूरोड क्षेत्रमा रहेका अव्यवस्थित तारहरु हटाइने छ ।
महानगरपालिकाले प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई १५ दिने म्याद दिंदै यही २७ वैशाखभित्र अव्यवस्थित तार हटाउन अल्टिमेटम दिएको थियो ।
शुक्रबार मात्र महानगरका प्रमुख बालेन साहले पोलमा तार गुजुल्टिएका तस्बीरहरु फेसबुक पेजमा पोष्ट गर्दै ‘गुजुल्टिएका तारहरु राखेर सुन्दर शहर प्राप्त हुँदैन भनेर स्टाटस लेखेका थिए । तोकिएको समयमा नहटाए महानगर आफैंले हटाउने चेतावनी समेत दिएका थिए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले काठमाडौं महानगरपालिकासहित देशभरिका स्थानीय तहलाई सेवा अवरुद्ध हुनेगरी तार नहटाउन परिपत्र गरेपछि महानगरको पहलमा आज सम्बन्धित पक्षहरुको बैठक बसेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष २०, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता
पुष २०, २०८१ शनिबार
प्रधानमन्त्री कप महिला क्रिकेटः अछामको सान्त्वना जित
पुष २०, २०८१ शनिबार
आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकासमा ध्यान दिऔँ: अध्यक्ष प्रचण्ड
पुष २०, २०८१ शनिबार
बाँझोपन भएका पशुको पहिचान गर्दै विदुर नगरपालिका
पुष २०, २०८१ शनिबार