वंशजका आधारमा नेपाली नागरिकता लिएका भारतीयहरूले नेपालभित्र के के गरे ?
नेपालबहस संवाददाता
बैशाख २४, २०८० आइतबार १६:४:१८
२४ वैशाख, काठमाडौं । वंशजको नागरिकता लिने १० भारतीय नागरिकलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ । नागरिकताका आधारमा नागरिकता लिई विभिन्न मजदुरी र व्यवसाय संचालन गर्दै आइरहेका उनीहरुलाई झण्डै महिना लामो अध्ययनमा देखिएको कसुरका आधारमा शनिबार काठमाडौंका कलंकी, गोंगबु, नयाँ बानेश्वर, शंखमुल, बागबजार क्षेत्रबाट पक्राउ गरिएको थियो ।
पक्राउ पर्नेमा मिठाई व्यापारीदेखि घरजग्गा कारोबारीसम्म रहेका छन् । जसमा ३ महिला र ७ पुरुष छन् । उनीहरुले पर्सा, बारा, सिरहा, रुपन्देही लगायत जिल्ला प्रशासन कार्यालयमा नक्कली कागजात बुझाइ नागरिकता लिएको खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेहरुमा भारत बिहार घर भई काठमाडौंको शंखमुल बस्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमती देवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै बिहार नै घर भई ललितपुरको लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, गोंगबु बस्ने ४३ वर्षीय रामप्रवेश गुप्ता, कलंकी बस्ने ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मिनदेवी गुप्ता र ५२ वर्षीय राजेशकुमार गुप्ता पक्राउ परेको एसपी केसीले जानकारी दिए ।
अभियुक्तहरूले नेपाली नागरिकता प्राप्त गरेपछि नेपालका विभिन्न स्थानमा घर–जग्गा खरिद गरी व्यापार व्यवसायसमेत गरी बसेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । यस्तै भारतीयहरुले वंशजको आधारमा नै नागरिकता लिएर नेपालका विभिन्न स्थानमा व्यापार व्यवसाय समेत गर्दै आएको भेटिएको प्रहरीको भनाइ छ ।
नेपाली मतदाता परिचय पत्र बोकेका उनीहरुको साथमा भारतीय परिचय समेत फेला परेको प्रहरीको दाबी छ । नक्कली नागरिकता प्रकरणमा अन्य व्यक्तिहरू पनि हुन सक्ने र हाल उनीहरूमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार