सांसद तलब भत्ता खान मात्र बैठकमा आउँछनः सभामुख
नेपालबहस संवाददाता
बैशाख २४, २०८० आइतबार १६:१८:२९
२४ वैशाख, काठमाडौं । सभामुख देवराज घिमिरेले संसद बैठकमा सांसदहरु मासिक तलब भत्ता लिन मात्र उपस्थित हुने गरेको बताएका छन् । उनले बैठकमा सांसदहरुको उपस्थिति कमजोर हुँदा प्रतिनिधिसभा प्रभावकारी हुन नसकेको बताए । बजेट अधिवेशन आइतबार सुरु हुनुपूर्व बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले सांसदहरुको उपस्थितिबारे प्रश्न उठाएका हुन् ।
संसदमा माननीयहरूको उपस्थिति कमजोर भएपछि तलब भत्ता खान मात्र बैठकमा सांसदहरु आउँछन् भन्ने आम बुझाइ रहन गएको उनको भनाइ छ । उनले सबै सांसद बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण पनि गराएका छन् ।
प्रतिनिधिसभाको अघिल्लो अधिवेशनमा दुई वटा बैठकमा गणपूरक संख्या नपुगेर विधेयक अगाडि बढाउने प्रक्रिया रोकिएका थिए । यस्तो समस्या आउन नदिनेतर्फ सबै सचेत हुनुपर्ने सभामुख घिमिरेको भनाइ छ ।
यसैबीच सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रतिनिधिसभाको बैठकमा निरन्तर उपस्थित हुने १० जना सांसदको नाम अधिवेशनको अन्तिममा सुनाउने प्रस्ताव गरेका छन् । अहिले अनुपस्थित हुने सांसदको नाम मात्रै प्रस्तुत हुने परम्परा छ । अब लगातार संसदमै बस्ने कमसेकम १० जना सांसदको नाम अधिवेशनको अन्त्यमा बोलेर प्रस्ताव आइतबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राखेका हुन् ।
हाल संसद बैठकमा निरन्तर दश वटा बैठकमा अनुपस्थित हुने सांसदको नाम सुनाउने अभ्यास छ । संविधान र प्रतिनिधिसभा नियमावलीले समेत निरन्तर दश वटा बैठकमा अनुपस्थित रहने सांसदले सूचना दिनुपर्ने हुन्छ । अन्यथा बिना सूचना निरन्तर दश वटा बैठकमा अनुपस्थित भएको खण्डमा सांसद नै खारेज हुने सम्मको व्यवस्था छ ।
यसो हुँदा समेत सांसदहरुको संसद बैठकमा उपस्थिति कमजोर देखिएको भन्दै सांसद खतिवडाले निरन्तर उपस्थित हुने सांसदको नाम समेत सदनमै सुनाउने प्रस्ताव गरेका हुन् । यसो गर्दा संसद बैठकमा सांसदहरुको उपस्थिति बलियो हुन सक्ने उनको विश्वास छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार