अर्थमन्त्रीद्वारा प्रतिनिधिसभामा आगामी बजेटको सिद्धान्त र प्राथमिकता पेस
नेपालबहस संवाददाता
बैशाख २४, २०८० आइतबार १७:५२:३९
२४ बैशाख, काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन्। आइतबारबाट सुरु भएको बजेट अधिवेशनमा अर्थमन्त्री महतले आगामी बजेको प्राथमिकता र सिद्धान्त प्रस्तुत गरेका हुन् । उनले अर्थतन्त्र दवावमा रहेको भन्दै केही सूचकहरुमा सुधार आएको भन्दै आगामी बजेट दिगो, फराकिलो, समावेशी र आर्थिक बृद्धि हासिल गर्ने खालको हुने बताए।
उनले निजी क्षेत्रको मनोबल बढाउँदै बजारलाई चलायमान बनाउने गरी बजेट ल्याउने बताए। महतले सरकारी, निजी र सहकारी क्षेत्रको लगानी बृद्धि गरी उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्ने खालको ल्याउने बताए। बित्त नीति र मौद्रिक नीतिबीच तादम्यता मिलाइने भन्दै उनले सार्वजनिक वित्तको पुनर्संरचना गरिने बताए। स्वदेशी र विदेशी लगानी प्रोत्साहित गरी रोजगारी अभिबृद्धि गरिने उनले बताए।
गरिव र धनीबीचको खाडल घटाउने भन्दै गुणस्तरीय शिक्षा, स्वास्थ्य र खानेपानी उपलब्ध गराइने महतको भनाइ छ । उनले प्रादेशिक सन्तुलनलाई ख्याल गरेर स्रोत ब्यवस्थापन गरिने जानकारी दिए । विकासमा जनताको सहभागिता बढाइएने उनकोभनाइ छ । निजी क्षेत्रलाई आर्थिक बृद्धिको संवाहक बनाइने भन्दै नीतिगत स्थिरता, प्रकृया सरलीकृत गरेर स्वदेशी तथा विदेशी लगानीलाई प्रोत्साहित गरिने उनले बताए।
महतले वित्तीय क्षेत्रमा पुँजीगत उपलब्धतालाई सहजीकरण गर्दै अनौपचारिक आर्थिक कृयाकलापलाई औपचारिकमा ल्याउने प्रयास गरिने बताए। क्षेत्रगत प्राथमिकताका बारेमा पनि बजेट ल्याइने उनको भनाइ छ । कृषि क्षेत्रमा उत्पादन बढाउन आत्मनिर्भर बनाइने र कृषि अनुदान प्रणालीमा सुधार गरेर वास्तविक कृषकमा पुर्याउने योजना ल्याउने उनले बताए । रैथाने र प्राङ्गरिक खेतीलाई प्रोत्साहित गरी ब्यावसायिक उत्पादनका लागि नश्लसुधार गरिने कार्यक्रम ल्याउने बताए।
उपभोग्य बस्तुमा बैदेशिक निर्भरता कम गरिने, लघु, साना, मझौला उद्योग सञ्चालन गर्न कार्यक्रम ल्याउन आवश्यक कानुन सुधार गरिने र निर्यात प्रवर्द्धन गर्न नगद अनुदान बढाइने उनले जानकारी दिए। आधारभुत शिक्षामा सबै बालबालिकाको पहुँच पुर्याउने उनले प्रतिबद्धता जनाए। महामारी रोकथाम गर्न खोप सेवा सञ्चालन गरिने तथा स्वास्थ्य पूर्वाधारमा लगानी गरिने पनि उनको भनाई छ। खानेपानी सरसफाइ कार्यक्रमलाई अभियानका रुपमा चलाइने उनले बताए।
भौतिक पूर्वाधारमा जोड दिँदै उत्तर दक्षिण र पूर्वपश्चिम राजमार्गहरु निर्माणलाई तीब्रता दिइने भन्दै महतले हवाइ सुरक्षा र विमानस्थलको स्तरोन्नति गरिने बताए। सरकार र निजी क्षेत्रको सहभागितामा नयाँ शहर विकास गरिने तथा निर्यातमुखी जलविद्युत परियोजना अगाडि बढाइने उनले जानकारी दिए। अन्तरदेशीय विद्युत प्रसारण लाइन निर्माण गर्दै जलाशययुक्त परियोजना विकास गरिने पनि उनले बताए।
अर्थमन्त्रीले सूचना प्रविधिलाई उद्योगका रुपमा विकास गरिने बताउँदै हुलाक र सरकारी सञ्चार माध्यमलाई व्यावसायिक बनाउने जानकारी दिए। उनका अनुसार पर्यटन व्यवसायलाई आयआर्जन र बिदेशी मुद्रा आर्जनको प्रमुख क्षेत्र बनाइने भएको छ। कोभिडबाट प्रभावित उद्योग ब्यवसायलाई सहयोग गरिने कार्यक्रम ल्याउने पनि उनले बताएका छन्।
महिला उद्यमशिलता तथा रोजगारी प्रवर्द्धन गरिनुका साथै सामाजिक सुरक्षाका कार्यक्रमलाई व्यवहारिक बनाइने उनको भनाई छ। अर्थमन्त्रीले वित्तीय संघीयतालाई सुदृढ बनाउन कार्यक्रम ल्याउने बताएका छन्। राष्ट्रिय महत्वका कार्यक्रम संघबाट गरिने उनले बताए। निजी क्षेत्रको सहभागितामा सीप विकास गरिनुका साथै स्रोतको सीमिततालाई ख्याल गरेर उत्पादन बढी दिने क्षेत्रमा लगानी गरिने अर्थमन्त्रीले जानकारी दिए। उनले चालु वर्षकाभन्दा सानो बजेट ल्याउने संकेत गरे।
उनले स्रोतलाई बढी जोड दिँदै सीमित पुँजीमा बढी प्रतिफल आउने क्षेत्रमा सरकारले आवश्यक कार्यक्रमहरु तर्जुमा गर्ने बताउँदै राजस्व परिचालनलाई चुस्त बनाउने र राजस्व प्रशासनमा पारदर्शिता कायम गरिने महतले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट पारदर्शितामा नेपाल ५८ औं स्थानमा
जेठ १७, २०८१ बिहिबार
सरकारले धितोपत्र बोर्डको संस्थागत शुद्धीकरण गर्ने
जेठ १५, २०८१ मंगलबार
आगामी आर्थिक वर्षबाट जग्गा रोक्का तथा फुकुवा अनलाइन प्रणालीबाट हुने
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
सिटिजन्स बैंकको पार्टनर फर प्रोग्रेस भिडियो प्रतियोगिता
जेठ १७, २०८१ बिहिबार
सिटिजन्स बैंकका ग्राहकलाई अनमोल डेण्टलका सेवाहरुमा १५% सम्मको आकर्षक छुट
जेठ १७, २०८१ बिहिबार
तापक्रममा ‘रेकर्ड ब्रेक’ : वर्षकै सबैभन्दा बढी नेपालगञ्जमा ४४.२ डिग्री
जेठ १७, २०८१ बिहिबार
बजेट पारदर्शितामा नेपाल ५८ औं स्थानमा
जेठ १७, २०८१ बिहिबार
मधेस प्रदेश सरकारको बेरुजु एक अर्ब ५९ करोड
जेठ १७, २०८१ बिहिबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार