आठराई र ओएसिस पब्लिकेसन्सको पाठ्यसामग्री प्रयोग नगर्न निर्देशन
नेपालबहस संवाददाता
बैशाख २४, २०८० आइतबार १८:१९:२०
२४ वैशाख, काठमाडौं । शिक्षा तथा प्रविधि मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रले ओएसिस प्रब्लिकेसन प्रालि र आठराई पब्लिकेसन्स प्रालिले प्रकाशन गरेका पाठ्यसामग्री प्रयोग नगर्न सूचना प्रकाशित गरेको छ ।
ओएसिस पब्लिकेसन काठमाडौंबाट प्रकाशित कक्षा ४, ६, र ७ को वन्डर इङ्लिस र इङ्लिस स्किल प्रकाशन स्वीकृति प्राप्त विषय र कक्षा ५ को स्वीकृत प्राप्त नगरेको वन्डर इङ्लिस विषय प्रयोग नगर्न केन्द्रले निर्देशक दिएको हो ।
यस्तै, आठराई पब्लिकेसन प्रालि काठमाडौंबाट प्रकाशित कक्षा ५ को रसिलो नेपाली विषय प्रयोग नगर्न समेत विद्यालहरुलाई केन्द्रले निर्देशन दिएको छ ।
यी दुई पब्लिकेशनले लागू भएको पाठ्यक्रम अनुसारको पाठ्यसामग्री केन्द्रमा पेश गरी स्वीकृति पत्र लिएपनि पुरानै पाठ्यक्रम अनुसारको पाठ्यसामग्री विक्रिवितरण गरेको भन्दै स्वीकृति समेत रद्द गरेको छ ।
दुई पब्लिकेशनले स्वीकृति पत्रसमेत समावेश गरी पुरानो पाठ्यक्रम अनुसारको सोही कक्षाको सोही विषयको पाठ्यसामग्रीमा संस्करण वर्ष २०८० राख्नुको साथै रिप्रिन्ट २०८० को छाप हानी शिक्षक, विद्यार्थी तथा अभिभावकहरुलाई गुमराहमा पारी पाठ्यसामग्रीहरु बजारमा विक्रिवितरण गरेको पाइएको केन्द्रले जनाएको छ ।
ती पाठ्यसामग्रीहरु तत्काल फिर्ता गराउन समेत प्रकाशक निर्देशन दिएको छ । पुस्तकहरु प्रकाशन स्वीकृति रद्द गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
प्रदेश क्षेत्रका गरिब तथा जेहेन्दारलाई शैक्षिक सामग्री
कात्तिक २६, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी
मंसिर ११, २०८१ मंगलबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार