पाथिभरा मन्दिर पूर्वीय धार्मिक र पर्यटकीय गन्तव्य [ फोटोफिचर ]
नेपालबहस संवाददाता
बैशाख २४, २०८० आइतबार १८:२८:९
२४ वैशाख, काठमाडौं । ताप्लेजुङ जिल्लामा अवस्थित एक प्रसिद्ध तीर्थस्थल हो पाथीभरा मन्दिर । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९।४ कि।मी। पूर्वोत्तरतर्फ ३७९४ मी।को उचाईमा अवस्थित छ ।
यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा 'टुप्पोमा' देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी“ भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ । ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्तुवुङ“ भनेर चिन्दछन । लिम्बूभाषामा “मुक्तु“को अर्थ शक्ति वा बल, “वुङ“को अर्थ बोट भन्ने जनाउँदछ। अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन ।
फेदीबाट लेकाली अङ्गेरी, गोब्रेसल्लो, धुपी, गुराँसको जंगल मालिङोघारीको बाटो हुँदै लगभग २ घण्टा ठाडो उकालो हिंडेपछि पाथीभरादेवीको मन्दिर रहेको डाडाँमा पुग्न सकिन्छ, जहाँबाट कञ्चनजंघा, कुम्भकर्ण जस्ता हिमश्रृखला अवलोकन गर्न सकिन्छ तर यसपालि भने मौसम सफा भएका कारण सो दृश्य अवलोकन गर्ने भने सकिएन ।
कसरी पुग्ने पाथीभरा मन्दिर
संघीय राजधानीको कोटेश्वरबाट र नयाँ बसपार्कबाट पनि ताप्लेजुङ जानसकिन्छ । माइक्रो बसमा करिव २४ घण्टाको यात्रातय गरेपछि पुगीन्छ ताप्लेजुङ, ताप्लेजुङ पुगे लगतै त्यहाँबाट बुलेरोमा सुकेटारहुदै १ घण्टा ३० मिनेटमा सानोफेदी पुग्न सकिन्छ, सडक स्तरोन्नती कै अवस्थामा रहेका कारण केहि जोखिम भने रहेको छ । सानोफेदी सम्म मात्र सडक पुगेकोले त्यहाँबाट भने करिव ५ किलोमिटर उकालोको यात्रा पछि मात्र पाथीभरा मन्दिर पुग्न सकिन्छ । विचमा बास बस्नका लागि भने प्रयाप्त होटल तथा लजहरुको सुविधा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्चको बोर्डमा कालो छ्यापेपछि बिनु यादव पक्राउ
मंसिर ११, २०८१ मंगलबार
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार
मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने नेपाल प्रिमियर लिगको ट्रफी अनावरण
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्रीले बोलाए मन्त्री र सचिवहरुको संयुक्त बैठक
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
एकै पटक तीन पुरी खाएका बालकको तत्कालै मृत्यु, भयो हंगामा !
मंसिर १२, २०८१ बुधबार
दुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार