अमेरिकाको टेक्सासमा कारले ठक्कर दिँदा ८ जनाको मृत्यु
नेपालबहस संवाददाता
बैशाख २५, २०८० सोमबार १०:३८:७
२५ वैशाख, टेक्सास । अमेरिकाको टेक्सास राज्यमा घरबारविहीन र आप्रवासीहरूका लागि आश्रयस्थल नजिक रहेको बस स्टपमा एउटा कारले ठक्कर दिँदा आठ जनाको मृत्यु भएको छ।
मेक्सिकोको सीमा नजिकैको ब्राउन्सभिल सहरमा स्थानीय समय अनुसार बिहान ८ः३० बजे सो घटना भएको थियो। सो घटनामा परी कम्तीमा पाँच जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ।
सो घटनाको मुख्य दोषी मानिएका चालकलाई नियन्त्रणमा लिएर मुद्दा चलाइएको छ । ब्राउन्सभिल प्रहरीले घटना नियोजित हो कि होइन भन्ने स्पष्ट नभएको बताएको छ । तर, यसअघि अमेरिकी सञ्चारमाध्यमले भने प्रहरीलाई उद्धृत गर्दै यो जानाजानी हमला भएको बताएको थियो।
नजिकैका एनरिक सान पेड्रो ओजानम सेन्टरका निर्देशक भिक्टर माल्डोनाडोले भने कि सिसिटीभी फुटेजमा एउटा एसयूभी रातो बत्ती बाल्दै दौडिरहेको र तीव्र गतिमा बस स्टपतर्फ गएको देखिन्छट । त्यसपछि गाडीले कर्बमा ठक्कर दियो र आफ्नो बाटोमा उभिरहेकाहरूलाई ठक्कर दिदै सो कार अघि बढयो ।
सो घटनाका पत्यक्षीदर्शी माल्डोनाडोले भने कि घटना हुनुभन्दा करिब आधा घण्टा अघि देखी करिब २० जनाको समूह बस स्टपमा गाडी पर्खेर बसिरहेका थिए । उनका अनुसार यसरी सार्वजनिक यातायाता पर्खेर बस्नेहरुमा अधिकांश भेनेजुएलाका पुरुषहरु थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
न्यु अर्लिन्स आक्रमणप्रति विश्वव्यापी निन्दा र समवेदना
पुष १८, २०८१ बिहिबार
पाकिस्तान : लाहोर विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार