इथियोपियामा जलवायु परिवर्तनको असर देखिँदै, ८८ लाखभन्दा बढी नागरिकलाई मानवीय सहायताको खाँचो
इन्द्र रिजाल
चैत २६, २०७५ मंगलबार १८:५६:३८
काठमाडौं । अफ्रिकी मुलुक इथियोपियामा सन् २०१९ मा ८८ लाखभन्दा बढी नागरिकलाई मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
संयुक्त राष्ट्रसंघीय मानवीय सहायता मामिलासम्बन्धी कार्यालय (युएनओसिएचए) ले दिएको जानकारी अनुसार खाद्यान्नका अलावा कुपोषणको समस्याबाट पीडित त्यहाँका नागरिकलाई दैनिक खाना, पोषण तथा खानेपानी लगायतको ठूलो अभाव छ । यसबाट खासगरी बालबालिका र किशोरहरु सबैभन्दा बढी पीडित भइरहेका छन् ।
इथियोपियामा विगत लामो समयदेखि जारी युद्ध र सुक्खाजस्ता विभिन्न समस्याका कारण ती नागरिकमा आधारभूत खाद्यान्न लगायतका सामग्री आवश्यक रहेको अधिकारीहरुको भनाई छ ।
त्यहाँ लामो समयदेखि जारी द्वन्द्व, जलवायु परिवर्तका कारण उत्पन्न सुक्खा र खडेरी लगायतका विभिन्न समस्याका कारण खाद्यान्नको उत्पादनमा नै असर परेको छ । यही कारण धेरै मानिस प्रभावित भएका र उनीहरुलाई खाना र राम्रो खानेपानीकै समस्या रहेको राष्ट्रसंघको भनाई छ ।
अघिल्लो महिना मात्र पनि इथियोपियाको सरकार, राष्ट्रसंघीय निकाय र अन्य विकास साझेदारहरुले गरेको एक अध्ययनमा पनि त्यहाँका करिब ८३ लाख मानिसलाई सन् २०१९ मा खाद्यान्न र अन्य वस्तुहरुको आपूर्तिका लागि कम्तीमा पनि एक अर्ब ३० करोड अमेरिकी डलरको खाँचो रहेको जनाएका थिए ।
जलवायु परिवर्तनका कारण उत्पन्न खडेरी र द्वद्वबाट प्रभावित लाखौँ मानिस आन्तरिक रुपमा विस्थापित भएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपरुसले क्यान्सरको नयाँ खोप निःशुल्क वितरण गर्ने
पुष ३, २०८१ बुधबार
कतारमा भएको वार्ता ‘गम्भीर र सकारात्मक' : हमास
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार
डोल्पाको चुँ गाउँ
पुष ३, २०८१ बुधबार
रुसले क्यान्सरको नयाँ खोप निःशुल्क वितरण गर्ने
पुष ३, २०८१ बुधबार