अव्यवस्थित तार हटाउने कार्यले यातायात आवागमन प्रभावित
नेपालबहस संवाददाता
बैशाख २५, २०८० सोमबार ११:७:२
२५ वैशाख, काठमाडौं । काठमाडौं महानगरले महानगर क्षेत्रभित्रका बिजुली पोलमा गुजुल्टिएका र सडकमा अलपत्र छाडिएका तार हटाउने सुरु गरेको छ । महानगरको प्रहरी टोलीसहित परिचालित टिमले सोमबारदेखि माइतीघर क्षेत्रका तार हटाउन सुरु गरेको हो । तार हटाउने कार्य न्यूरोड, बसन्तपुर र असन क्षेत्रमा पनि आजै सुरु भएको छ ।
अव्यवस्थित तारले शहर बजार र महानगरको सुन्दरतालाई कुरुप बनाएको भन्दै महानगरले यही वैशाख २७ गतेसम्मको समयसीमा तोकेर तार व्यवस्थापन गर्न इन्टरनेट सेवा प्रदायक कम्पनी र नेपाल दूर संचार प्राधिकरणको नाममा सूचना प्रकाशित गरेको थियो । व्यवस्थापनमा असयोग गर्ने र हटाउन पनि अटेर गरेमा महानगर आफैंले हटाउने चेतावनीमूलक सूचना समेत दिइएको थियो ।
सो चेतावनीपछि आइतबार महानगर, कम्पनी र प्राधिकरणका प्रतिनिधिबीच छलफल हुँदा तार कतिपाय स्थानमा तार राख्ने पक्ष र कतिपय स्थानका महानगरले हटाउन सहमत भएको थियो । हटाउँदा सेवा अवरुद्ध नहुने तरिकाले गर्ने सहमति पनि भएको थियो ।
सोही अनुरुप अहिले माइतीघर मण्डला–थापाथली सडक खण्डका बिजुली पोलमा गुजल्टिएका तार हटाउने कार्य चलिरहेको छ । हटाउन वर्ल्ड लिंक लगायत इन्टेरनेट सेवा प्रदायक कम्पनीका कर्मचारी र महानगरको टोली खटिएको छ ।
तार हटाउने क्रममा यस क्षेत्रमा यातायात आवगमन समेत प्रभावित हुन पुगेको छ । पोलमा रहेको तार हटाउँदा तार सडक लत्रिएर यातायात प्रभावित भएको हो । ट्राफिकलाई सवारी व्यवस्थापनमा धौ–धौ परेको देख्न सकिन्छ । माइतीघरमण्डला–थापाथली ट्राफिक जाम लामो दूरीसम्म परेको र यात्रुले गुनासो गर्ने गरिएको संवाददाताले जनाएका छन् ।
तार हटाउने क्षेत्र र रुटबारे प्राधिकरणले आज सार्वजनिक सूचना समेत जारी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार