निम्ता बाँडेर फर्कियो लक्की फिल्मी अवार्डको टोली
नेपालबहस संवाददाता
बैशाख २५, २०८० सोमबार ११:९:५५
२५ वैशाख, चितवन । एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्डका लागि निम्ता बाँड्ने काम सुरु भएको छ । मोफसल टुर अन्तर्गत धार्मिक तथा ऐतिहासिक क्षेत्र, व्यापारिक शहर पुगेर अवार्डको निम्ता दिएर टोली चितवन फर्केको छ । चितवन बाग्लुङ पुगेर फर्केको टोलीले सुझावहरु पनि संकलन गरेको छ ।
अवार्ड वितरण कार्यक्रम यही असार ८ गते भरतपुरको देवनगरको लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिटमा हुनेछ । ३० भन्दा बढी विधामा अवार्डहरु वितरण हुने छन् । लक्की मिडिया हाउसले गर्न लागेको फिल्मी अवार्डमा देशभरका सिने कलाकारहरुको जमघट चितवनमा हुनेछ ।
मोफसल टुरको टोलीले बाग्लुङ नगरपालिकाका उपमेयर राजु खड्का, बाग्लुङको श्रीधरआचार्य शालग्राम संग्रहालयका अध्यक्ष ऋषि प्रपन्नचार्य, बाग्लुङ होटल व्यवसायी संघका अध्यक्ष निलेश राजभण्डारी सहित कार्यसमिति लगायतसँग अन्तरक्रिया समेत गरेको थियो । अवार्ड वितरणलाई निष्पक्ष र पारदर्शी बनाउनुपर्ने सुझावहरू आएका छन् ।
चितवनमा हुने फिल्मी अवार्ड कार्यक्रममा बाग्लुङबाट उत्साहजनक सहभागिता रहने अपेक्षा लक्की मिडियाले गरेको छ । लक्की मिडिया हाउसका महाप्रवन्धक हरि कार्की 'लक्की'ले फिल्मी अवार्डका लागि देशव्यापी निम्ता बाँड्ने अभियाननै चलाइएको बताए । उनका अनुसार फिल्मी अवार्ड कार्यक्रमलाई देशभरीकै भव्य कार्यक्रमका रुपमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
अवार्ड वितरणलाई निष्पक्ष बनाउन जुरी टिमनै गठन गरिएको कार्कीले बताए । सिने क्षेत्रका कलाकारहरुलाई प्रोत्साहन गर्न लागिएको फिल्मी अवार्डमा देशभरीको प्रतिनिधित्व गराउन प्रचार प्रसार तीव्र पारिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक
पुष २३, २०८१ मंगलबार
लघु चलचित्र ‘एक जोर जुत्ता’ निर्माण, विद्यार्थीहरुको लागि प्रदर्शन गरिने
पुष २३, २०८१ मंगलबार
किम्फ चलचित्र महोत्सव दमकमा हुने
पुष २१, २०८१ आइतबार
आगलागीमा परी एक जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
प्रि-ओपन सेसनमा नेप्से ३.२६ अंक बढ्यो
पुष २५, २०८१ बिहिबार
समता घरेलु लघुवित्तको बोनस शेयर घोषणा
पुष २५, २०८१ बिहिबार
सुनको भाउ तोलामा आठ सयले बढ्यो
पुष २५, २०८१ बिहिबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार