सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराईका भू–भागमा हावाहुरीको सम्भावना
नेपालबहस संवाददाता
बैशाख २५, २०८० सोमबार ११:१८:४८
२५ वैशाख, काठमाडौं । हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली भई मौसम सामान्यतया सफा रहने छ ।
कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए । उनका अनुसार आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू–भागमा सामान्य हावाहुरीको सम्भावना रहेको छ ।
यसैगरी आज अपराह्न १÷२ बजेपछि केहीबेर तीव्र गतिमा हावाहुरी चल्ने अनुमान रहेको मौसमविद् मानन्धरले बताए । उनका अनुसार प्रि–मनसुनको समयमा पानी पार्ने प्रणाली सक्रिय नहुँदा तीव्र गतिमा हावाहुरी चल्ने हुन्छ । केही दिन अघि पानी परेका बेला हावाहुरी चलेको थिएन । घाम लाग्न थालेसँगै हावाहुरी चल्न थालेको उनको भनाइ छ ।
देशका धेरै ठाउँमा आज बिहानैदेखि घाम चर्किएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने मौसम आंशिक बदली छ । यी प्रदेशमा दिउँसो हल्का पानी पर्ने अनुमान गरिएको छ । आज राति कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशको मौसम भने बदली हुने अनुमान गरिएको छ । तत्काललाई देशभर नै ठूलो पानी पर्ने सम्भावना भने नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैंकको प्रक्षेपण
पुष ६, २०८१ शनिबार
पावर प्लेमा जनकपुरको जादु, जनकपुरका दुई खेलाडी भए आऊट
पुष ६, २०८१ शनिबार