कांग्रेसमा युवा अभियान, सातै प्रदेशमा तोकिए संयोजक
नेपालबहस संवाददाता
बैशाख २५, २०८० सोमबार ११:२५:१५
२५ वैशाख, काठमाडौं । पार्टी नेतृत्व कोठे बैठकमा सिमित रहेका बेला नेपाली कांग्रेसका युवा नेताहरूले देशव्यापी पार्टी रुपान्तरणको अभियान थालेका छन् । पार्टीको संस्थापन र इतर समूहका शीर्ष नेताहरूको सहभागिता विना नै युवा नेताहरूले देशव्यापी अभियान सुरु गरेका हुन् । यो अभियानमा कुनै पनि गुटको प्रवेश र सन्देश नदिने भएनिएपनि संस्थापन भनेर चिनिएका युवा नेताहरुको सहभागित भने देखिएको छैन् ।
उपनिर्वाचनको परिणामपछि नेपाली कांग्रेसमा चलेको रुपान्तरणको बहसलाई तीव्रता दिँदै कांग्रेसका युवा नेताहरूले देशव्यापी पार्टी रुपान्तरण अभियान थालेका हुन् । रुपान्तरण अभियानअन्तर्गत गत बिहीबार काठमाडौंमा बृहत् भेला गरेका नेताहरूले सातै प्रदेशमा रुपान्तरण अभियानको संयोजक तोकेका छन् । तािकिएका संयोजकले प्रदेशमा भेला आयोजना गराउने छन् ।
अभियानले सातै प्रदेशमा कांग्रेसमा रुपान्तरण र सुधारका लागि छलफल, अन्तरक्रिया र सुझाव संकलन गर्ने नेताहरूले बताएका छन् । शनिबार र आइतबार निरन्तर छलफलपछि नेताहरूले सात प्रदेशमा संयोजक तोकेका हुन् । यो अभियानलाई वडा तहसम्म पुर्याउने नेताहरुके भनाइ छ । केन्द्रबाट सुरुभएको अभियान वडा तहसम्म पुर्याउने र वडा तहलाई विषेश प्रभावकारी रुपमा परिचालन गर्ने कर्णाली प्रदेशका संयोजक भुपेन्द्र शहीले नेपाल बहसलाई जानकारी दिए ।
अभियानका लागि कोशी प्रदेशमा गुरुराज घिमिरे, मधेशमा रञ्जित कर्ण, वाग्मतीमा मधु आचार्य, गण्डकीमा देवराज चालिसे, लुम्बिनीमा गोविन्द पोखरेल, कर्णालीमा भुपेन्द्रजंग शाही र सुदूरपश्चिममा भरत खड्कालाई संयोजक तोकिएको छ । सबै प्रदेशमा अभियान एक साथ संञ्चालन हुनेछ ।
उनीहरूमध्ये आचार्य र पोखरेल वर्तमान केन्द्रीय कार्यसमितिका सदस्य हुन् भने घिमिरे र शाही प्रदेश सभापतिका प्रत्याशी थिए । चालिसे केन्द्रीय सहमहामन्त्रीको उम्मेदवार थिए । उनीहरू सबै नेता शेखर कोइराला पक्षका नेता हुन् ।
नेता शाहीले पार्टीमा रुपान्तरण र सुधारका लागि आफूहरूले देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको बताए । ‘सातै प्रदेशमा पार्टी सुधारका लागि विकल्पहरू के–के हुन सक्छन् ? हामीले छलफल गर्ने, बहस गर्ने र सुझाव लिने अभियान चलाउँछौँ,’ उनले भने, ‘अहिले संयोजक तोकिएको छ, अब त्यहाँ टिम बन्छ ।’ उनले आफूहरूले कांग्रेसभित्र सुधारका लागि अन्तरसंघर्षको सुरुआत गरेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने समितिको निर्णय
पुष ७, २०८१ आइतबार