ढाकाकुमारको रिट सुनुवाइ न्यायाधीश श्रेष्ठको इजलासमा हुने
नेपालबहस संवाददाता
बैशाख २५, २०८० सोमबार ११:३३:५८
२५ वैशाख, काठमाडौं । सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्णयविरूद्ध पूर्वसांसद ढाकाकुमार श्रेष्ठले दिएको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ ।
आइतबार दायर रिटमा सुनुवाइका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा पेशी तोकिएको छ । रिटमा निवेदक श्रेष्ठले श्रेष्ठले आफूलाई सांसदमा पुनर्वहाली गर्न माग गरिएको छ ।
गत पुष महिना उनले आफू स्वास्थ्यमन्त्री हुने र त्यसमा पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड पचाल लाख रुपैयाँ घुस रकम मागेको भनिएको अडियो रेकर्ड बाहिरिएपछि रास्वपाले सांसद पद र पार्टीको साधारण सदस्यबाट हटाएको थियो । गएको मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्राप्त समानुपातिक मततर्फ रास्वपाले कास्कीबाट श्रेष्ठ समानुपातिक सांसद बनाएको थियो ।
रास्वपाको निर्णयका आधारमा सभामुख देवराज घिमिरेले यही वैशाख १५ मा सम्पन्न हिउँदे अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको बैठकमा श्रेष्ठ पदमुक्त भएको सूचना दिएका थिए ।
पार्टीबाट पदमुक्त भएको केही दिनपछि श्रेष्ठले पत्रकार सम्मेलन गर्दै आफू निर्दोष रहेको र कानूनी उपचारमा गएर न्यायालयबाट ‘क्लिन चिट’ लिएर आउने बताएका थिए ।
श्रेष्ठको स्थानमा रास्वपाले एसिड पीडित बिन्दाबासिनी कंसाकारलाई नियुक्त गर्न निर्वाचन आयोगमा निवदेन दिइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार