व्यवसायी शंकर कँडेलको ‘आत्महत्या’का दोषीलाई कारवाही गर्न माग
नेपालबहस संवाददाता
बैशाख २५, २०८० सोमबार १३:१३:४७
२५ वैशाख, काठमाडौं । चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेलको ‘आत्महत्या’माथि भइरहेको छानबिन सत्यतथ्यमा पुर्याउन माग गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका सांसद रबि लामिछानेले कँडेलको आत्महत्याका कारण पत्ता लगाउन माग गरे ।
उनले विशेष समयमा बोल्दै घटनाप्रति दुःख व्यक्त गरे । आत्महत्या दुरुत्साहन कसुरमा तानिएका सबैलाई नियन्त्रणमा लिएर निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरे ।
यही बैशाख १८ गते चितवनको मुख्य बजारमा नारायणगढमा मृत अवस्थामा फेला परेका थिए । उनको अनमोल फिड कम्पनीको शेयर बिक्री गरेबापत रकम पाउन नसकेको र ऋणको भारले तनाव व्यहोरिरहेको अवस्थामा कम्पनी संचालककर्मीबाटै थप तनाव दिएको उल्लेख गर्र्दै आफूले आत्महत्याको बाटो राजेको व्यवहारको कागजत शवनजिकै बरामद गरिएको थियो ।
उनले चिर्कटमा दुई जनाको नाम उल्लेख गरिएको पाइएपछि प्रहरीले अनामोलका संचालक जीवन रावल बाराबाट पक्राउ गरी अनुसन्धान गरिरहेको छ । आरोपित अन्य प्रदीप रुंगाटा भने फरार छन् ।सो घटनामा प्रहरीले अनुसन्धानमा ढिलाई गरेको आरोप लगाउँदै चितवनका व्यवसायी उद्योगीहरुले विरोध जारी राखेका छन् ।
आइतबार मात्र उनीहरुले कँडेलको ज्यान गएको घटनामाथि तत्काल छानिबन अगाडि बढाउन र दोषी सबैलाई पक्राउ गर्न माग गर्दै सडक प्रदर्शन गरेका थिए । सो घटना आज संसदमा प्रवेश भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार