हिमपहिरोमा बेपत्ताको खोजी गर्न सुरक्षाकर्मीसहितको उद्वार टोली च्यार्खु प्रस्थान
नेपालबहस संवाददाता
बैशाख २५, २०८० सोमबार १३:३०:१२
खड्क सुनार
२५ वैशाख, मुगु । मुगु हिमपहिरोमा सम्पर्कविहीन भएकाको खोजीका लागि हेलिकप्टरमार्फत सुरक्षाकर्मी च्यार्खु प्रस्थान गरेका छन् । २२ वैशाखमा हिमपहिरोमा परेर बेपत्ता भएकाको खोजीकार्यका लागि सोमबार बिहान नेपाली सेनाको हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थल च्यार्खुतर्फ प्रस्थान गरेका हुन् । तीनदिन पछि उद्वारको लागि टोली त्यसतर्फ प्रस्थान गरेको हो ।
नेपाली सेनाको हेलिकप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विपद् उद्घारकर्मी र बेपत्ता भएका आफन्त र कर्मचारीसहित २० जनाको टोली त्यसतर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
घटनाकै दिन इलाका प्रहरी चौकी मुगुबाट घटनास्थलतर्फ प्रहरी गए पनि अझै घटनास्थलसम्म पुग्न नसकेको बताइएको छ । समुद्री सतहदेखि करिब ५ हजार मिटर अग्लोमा रहेको च्यार्खु लेक पुग्न हिउँ अत्याधिक भएको र भौगोलिक विकटताले गर्दा सो क्षेत्रमा पुग्न कठिनाइ भएको जिल्ला प्रहरि कार्यालय मुगुका निमित्त प्रहरी नायव उपरीक्षक सुदर्शन पन्थिले बताए ।
पैदल यात्राबाट सुरक्षाकर्मी घटनास्थलसम्म पुग्न समय लाग्ने भएपछि गृहमन्त्रालयले हेलिकप्टरसहित उद्धारकर्मी पठाएको हो । यार्सा संकलनको लागि च्यार्खु लेकमा यही २२ वैशाख दिउँसो १ बजे हिम पहिरो आउँदा तारासिंह सार्की, पुन्न सार्की र वीर बोहरा बेपत्ता भएका थिए । त्यसमध्ये पुन्नसिंह सार्कीको भने शव फेला परिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘अचम्मै पो भो ! हिउँ नै परेन’
पुष ७, २०८१ आइतबार
दलित सशक्तिकरण विधेयक छिट्टै पारित हुन्छः मुख्यमन्त्री कँडेल
पुष २, २०८१ मंगलबार
कर्णाली समृद्धिको आधार बन्दै सडक, स्याउ र जडीबुटीले पाउन थाल्यो बजार
मंसिर ३०, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
मौसममा बदली भएसँगै नेपालमा पुनः चिसो बढ्न सुरु
पुष ९, २०८१ मंगलबार