रासायनिक मल कारखाना बनाउन बजेट छु्ट्याउनुपर्छ : सांसद राणा
नेपालबहस संवाददाता
बैशाख २५, २०८० सोमबार १३:३१:२२
२५ वैशाख, काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा रासायनिक मल कारखाना निर्माणका लागि बजेट विनियोजन गर्न सांसदहरुले सरकारसँग माग गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा राप्रपाका सांसद धवल शमशेर राणाले आउने बजेटमा मल कारखाना संचालन गर्न आवश्यक बजेट छुट्याउन माग गरेका छन् ।
उनले सन् १८८४ मा जाइकाले तयार गरेको अध्ययन प्रतिवेदनले औल्याएअनुसार नेपालमा मल काराखाना निर्माण र संचालन गर्न सजिलै गर्न सकिने बताए । वार्षिक अर्बौं रुपैयाँ मल खरिद गर्न नेपाली रकम विदेशिरहेको भन्दै खरिदमा हुने खर्चभन्दा निकै कम मूल्यमा मल कारखाना चलाउन सकिने कुरा प्रतिवेदनले देखाएको र सोअनुसार सरकार अगाडि बढ्न सुझाए ।
मकै र धान बालीका लागि रासायनिक मल आवश्यक भइसकेको अवस्थामा सरकार मौन बसेको भन्दै आपत्ति जनाए । किसानलाई समयमै मल उप्लब्ध गराउन सरकारको जाेडदार रूपमा ध्यानाकर्षण गराए । कारखाना बनाउन रकम नछुट्याइए राप्रपाले निरन्तर खबरदारी जारी राख्ने समेत उनले बताए ।
उनले भूटानी शरणार्थी प्रकरणका कुनैपनि ओहोदाका दोषीलाई कारवाही गर्न माग गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
गहुँको बीउ नपाएर हैरान भएका किसानलाई राहत
पुष ५, २०८१ शुक्रबार
सामुदायिक वनको सामूहिक धानखेती
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
आइतबार तोला ११ सयले बढ्यो सुनको मूल्य, १ लाख ४९ हजार ६ सयमा कारोबार
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार