भारततर्फ मदिरा तस्करी गर्ने दुई व्यक्तिसहित चार मोटरसाइकल नियन्त्रणमा
नेपालबहस संवाददाता
बैशाख २५, २०८० सोमबार १३:४०:६
२५ वैशाख, जलेश्वर । भारतको विहारमा मदिरा प्रतिबन्ध रहेको अवस्थामा महोत्तरीको मनरासिश्वा नगरपालिकाबाट भारततर्फ मदिरा तस्करी गर्न लागिएको अवस्थामा गएराति प्रहरीले दुई जनासहित चार मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार मनरासिश्वा–१० स्थित नेपाल–भारत सीमा नजिकै भारतीय नम्बरका चार मोटरसाइकलको पछाडि ११ कार्टुन मदिरा बाँधेर नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
सोही क्रममा दुई जना प्रहरीलाई देखेर मोटरसाइकल र मदिरा छाडेर भाग्न सफल भएका थिए । बीआर ०३ के ५४३३, बीआर ३०भी ८०९५, बीआर ०६ एडब्लु ८९१७ र बीआर ३० आर ०४३४ नम्बरका मोटरसाइकल र मदिरासहित नियन्त्रणमा लिइएको हो ।
बरामद मोटरसाइकल र मदिरा रु तीन लाख २९ हजार नौ सय बराबरको रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिसहित मोटरसाइकल र मदिरा आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय जलेश्वरमा बुझाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
प्रहरीले रवि लामिछानेलाई अदालत उपस्थित गरायो, मुद्दा दर्ता गर्ने तयारी
पुष ७, २०८१ आइतबार
आइतबार तोला ११ सयले बढ्यो सुनको मूल्य, १ लाख ४९ हजार ६ सयमा कारोबार
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार