किसान कार्ड तत्काल लागू गर्न संसद बैठकमा माग
सिकलसेल एनेमिया रोक्न तत्काल कार्यक्रम संचालन गर्नुपर्ने
नेपालबहस संवाददाता
बैशाख २५, २०८० सोमबार १३:४५:५६
२५ वैशाख, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद गंगा चौधरीले किसानलाई प्रत्यक्ष सुविधा दिन किसान कार्ड लागू गर्न सरकारसँग माग गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांस चौधरीले गणतन्त्रका सरकारले किसानलाई घोर उपेक्षा गरेको भन्दै आपत्ति जनाए । उनले किसानलाई पेशाबाट पलायन हुन निदन र अर्थतन्त्रलाई कृषिमुखी बनाएर आत्निर्भरताको बाटो लैजान किसान कार्ड जरुरी भइसकेको बताए ।
किसानको धानको मूल्य तोक्ने तर धान नकिन्ने सरकार जनताको हितमा हुन नसक्ने भन्दै अधिकारका लागि किसान सडकमा आउने चेतावनी दिए । मल खरिदका लागि अर्बौं रुपैयाँ विदेश पलायन गराउने काममा सरकारमा बस्नेहरु नै लागिरहेको बताउँदै मल कारखाना बनाउन बजेट छुट्याउन माग गरे ।
अर्को प्रसंगमा थारु समूदायमा मात्र फैलिइरहेको सिकलसेल एनिमिया रोग नियन्त्रणका लागि तत्काल ठोस कार्याक्रम बनाएर लागू गर्न माग गरे । रोग नियन्त्रण हुन नसके थारु समुदायको अस्तित्व नै निमिट्यान्न हुने खतरा बढेको औल्याए
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकै परिवारद्वारा एक वर्षमा ३४ लाखको अलैँची उत्पादन
पुष १८, २०८१ बिहिबार
तितेकरेलाको खेतीमा रोङका किसान आकर्षित
पुष १८, २०८१ बिहिबार
इलाममा धान उत्पादन घट्यो
पुष १७, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार